बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

label सुदूर खबर संवाददाता query_builder May, 24 2019

लहान, जेठ १० । सिराहाको कर्जन्हामा गएराति बस र ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रकका चालकसहित २३ जना घाइते भएका छन् ।

झापाबाट काठमाडौं आउँदै गरेको ना८ख ९८२ नम्बरको बस र ना३ख ४२६४ नम्बरको ट्रक गएराति १० बजे आपसमा ठोक्किएका थिए । सडकमा छाडा छोडिएको चौपायालाई बचाउने क्रममा बस र ट्रक आपसमा ठोक्किएको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा बस चालक भोजपुर घर भएका ४० बर्षीय हरि रण पहेली र बसमा सवार झापाको जलथल नगरपालिका–७ का ४२ वर्षीय मदन कुमार उप्रेतीको मृत्यु भएको हो । उपचारको क्रममा उनीहरुको मिर्चैया नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घाइते भएका ११ जनालाई उपचारको लागि विराटनगरतर्फ पठाइएको छ भने ट्रक चालकसहित बाँकी घाइतेको स्थानीय मेडिकलमै उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था भने गम्भिर रहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।