मोदीलाई पत्र पठाएर देउवाले दिए बधाई

label सुदूर खबर संवाददाता query_builder May, 24 2019

काठमाडौं, जेठ १० । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई तथा शुभकामना दिएका छन् ।

देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाई पार्टी र आफ्नो व्यक्तिगततर्फबाट बधाई तथा शुभकामना दिएका हुन् ।

नेपाल र भारतबीच सदियौँदेखि कायम पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जाने सभापति देउवाले बताएका छन् ।

नेपाली काङ्ग्रेस र भाजपा दुवै पार्टीबीचको सम्बन्ध र सहकार्य अझ बलियो हुनेसमेत देउवाले विश्वास व्यक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।