विप्लव नेतृत्वको नेकपाद्वारा संघर्षका कार्यक्रम सार्वजनिक, १३ गते नेपाल बन्द

label सुदूर खबर संवाददाता query_builder May, 24 2019

काठमाडौं, जेठ १० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

भोजपुरमा सुरक्षाकर्मीको गोली प्रहारबाट आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको भन्दै नेकपाले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रतिबन्धित नेकपा महासचिव विप्लवले सरकारको निर्देशनमा सुरक्षाकर्मीले घिमिरेलाई पक्राउ गरी दोहोरो भीडन्तका नाममा हत्या गरेको दावी गरेका छन् ।

उनले विज्ञप्ति जारी गर्दै घिमिरेको हत्याको विरोध र देशभर आफ्ना नेता कार्यकर्तामाथिको धरपकडविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरिएको जनाएका छन् ।

संघर्षका कार्यक्रम अन्तर्गत १० र ११ गते देशभर सरकारविरुद्ध भण्डाफोर कार्यक्रम र कोणसभा गर्ने, १२ गते मसाल जुलुस र १३ गते नेपाल बन्दको कार्यक्रम रहेको छ ।

‘सरकार मुलुकलाई गृहयुद्धमा धकेलिरहेको छ, हत्याको सहारा लिएर सरकारले जनमुक्तिको अभियानलाई रोक्ने प्रयास गरिहेको छ,’ विप्लवद्वारा विज्ञप्तिमा भनिएको छ, ‘सरकारले चलाएको हत्या हिंसाको राजनीतिविरुद्ध प्रतिरोधको विकल्प छैन ।’ उनले नेकपाका युवा संगठनका नेता घिमिरेको हत्याबारे छानविनको माग पनि गरेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।