काठमाडौंको टोखामा पुरुषको शव फेला

label सुदूर खबर संवाददाता query_builder May, 24 2019

काठमाडौं, जेठ १० । काठमाडौंको टोखामा एक पुरुषको शव फेला परेको छ । शुक्रवार बिहान टोखा नगरपालिका २ दुबो गाउँ भन्ने स्थानमा अन्दाजी २४ वर्षको पुरुषको शव फेला परेको हो ।

शवको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । डिएसपी फणीन्द्र प्रसाईंका अनुसार मृत्युको कारण खुल्न नसकेको र यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । ‘सडक किनारको खोल्सा छेउँमा शव भेटिएको हो, अनुसन्धान भइरहेको छ,’ उनले भने ।

उता मृतक पुरुषको शरीरमा चोकपटक देखिएको स्थानीयवासीले बताउँछन् । घटना हेर्दा युववको हत्या भएको आशंका स्थानीयवासीको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।