भुवन केसीको अब रिमा विश्वकर्मासँग रोमान्स

label सुदूर खबर संवाददाता query_builder June, 03 2019

काठमाडौं, जेठ २० । देवचुली फिल्मस्को ब्यानरमा फिल्म ‘मिस्टर नेपाली’ बन्ने भएको छ । सोमबार कमदानीस्थित गणेश मन्दिरमा फिल्मको शुभसाइत गरिएको छ । आजैबाट छायाँकन थालिएको फिल्म देवनारायण भुषालले निर्देशन गर्न लागेको हुन् ।

यसको लेखन समेत उनले गरेका छन् । नवलपरासीमा छायाँकन हुने फिल्ममा प्रेमराज दाहालको निर्माण रहने छ । अभिनेता भुवन केसी र अभिनेत्री रिमा विश्वकर्माको जोडीको रुपमा देखिने फिल्ममा भुवनको दोहोरो भूमिका रहनेछ ।

फिल्ममा उनी खलनायक र नायकको भूमिका दुबैमा देखिने कार्यक्रममा जानकारी दिइयो । फिल्ममा भुवनको र रिमाको अलवा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणि नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहने फिल्ममा नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउतले काम गर्दैछन् ।

हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य फिल्ममा रहनेछ । ‘आफु सधै फरक भूमिका रुचाउने बताउँदै अभिनेता भुवन केसीले खलपात्रको भूमिकाको लागि एक्साइटेट रहेको बताए । अभिनेत्री रीमाले भुवनसँग जोडी बाध्न पाउँदा लागेको सुनाइन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।