शान्तिका दुत भगवाग गौतम बुद्धका महान बाणी पढेर जीवनलाई शुखी पार्नुहोस

label समाचार प्रकाशक query_builder June, 05 2019

-मनुष्यहरूको मन दिन प्रतिदिन जलेर धमिलो र मैला भइरहेको छ । लोभ भनेको धमिलो र मैला हो । क्रोध भनेको पनि धमिलो र मैला हो । मोह पनि धमिलो र मैला हो । अभिमान पनि धमिलो र मैला हो । र ईर्ष्या र मत्सर्य भन्ने धमिलो र मैलाको कारणले चित्त सङ्लो नभएको हो । चित्त सङ्लो नभएको कारणले सत्व प्राणीहरू दुःखबाट पार हुन सक्दैनन् । किलेशको मैलाले हर्दम जलाई रहेको हुन्छ ।

-त्यो चित्तलाई सङ्लो बनाउनको लागि, नराम्रा सोचाइ मनहरू हटेर जानको लागि एउटै भएको विपस्यना कर्मस्थानलाई आचरण गर्नु पर्छ भनिएको हो । -मन सङ्लो भएर आयो भने पछि स्थावर सुखहुने निर्बाण, बृद्ध हुने दुःख, रोगी हुने दुःख, मर्नु पर्ने दुःख नभएको निर्बाण पुग्नको लागि कुन बाटो जानु पर्छ भन्दा यहि विपस्यनाको बाटो हिड्नाले न (ञायस्स अधिगमाय) निर्बाणको बाटोलाई देखिन्छ । बसेर प्राथर्ना गर्दैमा सुख त अवश्था मिल्छ, तर निर्बाणको बाटोमा पुग्न सकिन्न ।

-पल्लो किनार तर्ने इच्छा भएका एक ब्यक्तिले ओल्लो किनारमा बसेर ए ! पल्लो किनार मसंग आउन । तपाईंलाई पल्लो किनार तर्ने इच्छा छ भने, त्यो पल्लो किनार तपाईं भएतिर आउन सक्ला ? यो चाहिँ भगवान बुद्धले दिनु भएको उपदेश हो । पल्लो किनार पुग्नु छ भने उपाय खोज्नु पर्छ । उपाय खोज्नु पर्दा चढेर जाने पानी जहाज, ढुङ्गाहरू केही छैन भने पानीमा पौडेर भएपनि एक एक प्रकारले नगइ कन पल्लो किनार पुग्न सकिएला ? पुग्न सकिदैन ।

-त्यसैले (निब्बानस्स सच्चिकिरियाय) निर्बाण भनेको देख्ने इच्छा भए यो काम गर्नु पर्छ । यो धर्मलाई कोसिस गरेर आचरण गर्नु पर्छ भनेर भन्न चाहान्छु। यो बाटो हिँड्ने भने अन्तिममा निर्बाणसम्म पुगिन्छ । भगवान बुद्धले (एको यन अयं भिक्खवे मग्गो)भन्दै(पुब्बभागमग्गो) भनिएको विपस्यना आचरणलाई (एकोयन)निर्बाण जाने बाटो एउटै हो भनि भन्नु भएको छ । र त्यहि विपस्यनाको बाटो हिड्नु भनि भन्नु भएको छ ।

-चाहे उमेर धेरै भएका व्यक्तिहरू हुन, चाहे उमेर कलिलैका हुन मन, चित्त जलि रहेको, मन धमिलो मैला भएको कसैलाई मन पर्दैन । ति मन नपर्ने जलाउने चिजहरूबाट सुभिमुक्त हुनको लागि विपस्सना आचरण भनेको कुनै जनजाति भेदभाव नगरिकन, ईष्त्री, पुरूष नरोजिकन,बृद्धहरू,भर्खरैका उमेर भएकाहरू सबैले आचरण गर्न योग्य छ भनिएको हो।

-आचरण गर्ने हो भने आचरण गरे अनुसार फल भोग्न पाइन्छ।आचरण गरिएन भने एक न एक प्रकारको दुःखहरूसँग सामना गर्दै जलाइ राख्ने शोक चिन्ताहरूबाट कहिल्यै छुट्कारा पाउन सकिने छैन । उपकारी– सयकडो फयाजी अग्ग महा पण्डिता भद्दन्त Dr नन्दमाला भिवंस (Ph.D) विपस्यना भावना चालिस प्रकारका धर्म देशनाबाट निकालेर पूजा गरिएको हो। अनुवाद निर्मल Mgk
सु सहभाजन –बिष्णु धनञ्जय

तपाईंको प्रतिक्रिया दिनुस्