नेपाल आइडल रवि ओडको ‘दिलको फ्रेममा’ (भिडियोसहित)

label सुदूर खबर संवाददाता query_builder June, 05 2019

काठमाडौं, जेठ २२ । दोस्रो नेपाल आइडल रवि ओडको स्वरमा रहेको नयाँ गीत ‘दिलको फ्रेममा’ म्यूजिक भिडियो सहित सार्वजनिक भएको छ। गीतमा ओडलाई गायिका पुष्पा पौडेलले स्वरमा साथ दिएकी छन् ।

दीपक शर्मा रहेको गीतको भिडियो सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा पुष्पल खड्का र आँचल शर्मा देखिएका छन् । भिडियोमा युवापुस्ताको माया प्रेम र रोमान्टिक अवस्थालाई गज्जबसँग देखाउन खोजिएको छ ।

गीतको भिडियोमा गायक ओड पनि अभिनय देखिएका छन् । भिडियो सार्वजनिक गरिएको २४ घण्टा नबित्दै करिब साडे २ लाख बढी दर्शकको माया पाउन सफल भएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।