बैतडीमा सम्पन्न उप मेयर कपको उपाधि देहिमाडौंले जित्यो

label सुदूर खबर संवाददाता query_builder June, 10 2019

बैतडी, जेठ २७ । बैतडीको दशरथचन्द नगरपालिकामा जारी दोस्रो संस्करणको उन्नाइस वर्षमुनिको उप मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबार सम्पन्न भएको छ । साविक विजेता दशरथचन्द नगरपालिका ६ थालिगडालाई ४ विकेटले स्तब्ध पार्दै दशरथचन्द नगरपालिका २ देहिमाडौंले उपाधि हात पारेको छ ।

उपाधिसंगै देहिमाण्डौंले ३० हजार पुरस्कार पायो भने उपविजेता थालिगडाले २५ हजारमा चित्त बुझायो । निंगलाशैनी खेल मैदान देहिमाडौंमा टस हारेर ब्याटिंगको निम्ता पाएको थालिगडाले निर्धारित ओभरमा ५ विकेटको क्षतीमा १८३ रन बनायो । जसमा कप्तान सुनिता लुहारले ७७ तथा दिव्या कार्कीले ५६ रन बनाए । देहिमाडौंका बविता बोहराले ३ विकेट हात पारिन् ।

१८४ रनको लक्ष्य देहिमाडौंले १८.३ ओभरका ६ विकेटको क्षतीमा पुरा गर्यो । देहिमाडौंका लागी मिना रावतले नटआउट ७८ रनको योगदान गरे । थालिगडाका सुनिता लुहार र सपना ठगुन्नाले दुई/दुई विकेट हात पारे । प्लेयर अफ दि फाइनल देहिमाडौंका मिना रावत घोषित भएका स्कोरर द्रोपती बोहराले जानकारी दिए ।

यसैबीच प्रतियोगिताभर १३५ रन र व्यक्तिगत ६ विकेट हात पारेका थालिगडाका कप्तान सुनिता लुहार ओम्यान अफ द सिरिज भए । उनले ५ हजार पुरस्कार पाए । यस्तै प्रतियोगिताभर १२३ रन बनाएका थालिगडाका दिव्या कार्की बेस्ट ब्याट्सओम्यान हुदा देहिमाडौंका लागी ९ विकेट हात पारेका बविता बोहरा बेस्ट बलर भए ।

प्रतियोगिताका विजेता उपविजेता टोलीलाई दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्द, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द वडा नं २ का अध्यक्ष रनबहादुर बोहरा र नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले पुरस्कार वितरण गरे ।

दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा नगर क्रिकेट समितिको व्यस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।