युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

label सुदूर खबर संवाददाता query_builder June, 10 2019

एजेन्सी । भारतीय क्रिकेटर युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । विश्वकप विजेता युवराजले सोमबार सन्यास घोषणा गरेका हुन् ।

३७ बर्षीय युवराजले भारतबाट ४० टेष्ट, ३०४ एकदिवसीय र ५८ टी-ट्वान्टी खेलेका खेलेका थिए ।  सन् २००३ मा डेब्यु गरेका युवराजले अन्तिम पटक भारतबाट सन् २०१७ मा वेष्ट इण्डिजविरुद्धको एकदिवसीय खेलेका थिए ।

भारतले सन् २०११ को एकदिवसीय विश्वकप जित्दा युवराजले उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त विश्वकपमा प्लेयर अफ दि टुर्नामेन्ट घोषित युवराजले ३६२ रन जोड्दा १५ विकेट लिएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।