बझाङमा पाला काट्न गएका बृद्धको रुख बाट लडेर मृत्यु

label डीबी विष्ट query_builder June, 11 2019

बझाङ, जेठ – २८ ।
जयपृथ्वी नगरपालीका वडा नम्बर एक कैलासमा एक जनाको पाला काट्ने क्रममा रुख बाट लडेर मृत्यु भएको छ । जयपृथ्वी नगरपालीका वडा नम्बर १ का ६५ बर्षिया जोग बहादुर सिहँ आईतबार विहान गाँउ नजीकैको जंगल चौड्यान दागाड्या खोलामा पशु चौपायाका लागी पाल काट्न गएका थिए । आईतबार विहान पाल काट्न गएका सिहँ साँझ सम्म समेत घर नफर्कीए पछि सोमबार विहान खोजी गर्दै जाँदा सिहँ मृत अवस्थामा फेला पारेको स्थानीय सत्यराज सिहँले बताए । पाल काट्ने क्रममा रुख नै ढलेर सिहँको टाउकोमा लागेर घटना स्थलामा नै उनको मृत्यु भएको उहाँको भनाई छ । मृतक सिहँका ३ छोरा र श्रीमती छन् । उनको सोमबार विहान दाहसंस्कार गरिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्