गायिका नेहा कक्कड डिप्रेसनले ग्रस्त,४ वर्षको प्रेममा धोका पाएपछी यस्तो सम्म गरेकी थिइन [भिडियो हेर्नुहोस ]

label सुदूर खबर query_builder June, 11 2019

बलिउड प्लेब्याक सिङ्गर नेहा कक्कर अभिनेता हिमांश कोहलीसँगको ब्रेकअप पिडाबाट थिग्रिने प्रयासमा छिन् । हिमांशसँगको चार बर्षे लामो प्रेम सम्वन्ध केहि समय अगाडी टुटेको थियो । यी सबैका बाबजुत पनि उनी सांगीतीक कार्यक्रमहरुमा देखिएकी थिईन् । तर हालै उनले आफ्नो ईस्टाग्राम पोष्टमा आफु डिप्रेसनले ग्रस्त भएको खुलाएकी छिन् । र धन्यवाद पनि दिएकी छिन् आफ्ना वारेमा नकारात्मक विषयहरु निकाल्नेहरुलाई र सफल भएको वधाई पनि दिएकी छिन् । दिलबर दिलबर , लन्डन ठुमक्दा , काला चस्मा लगायतका सुपरहिट गितहरुवाट हिट गायिका पनि डिप्रेसनको शिकार भएकी हुन् ।

त्यसपश्चात नेहा निक्कै पिडामा थिइन् । कतिले उनि डिप्रेसनमा पनि जान सक्ने अनुमान गरेका थिए । तर, समय परिवर्तन भएसँगै नेहा पनि बदलिन थालेकी छन् । सामाजिक संजालमा उनले शेयर गर्ने तस्विर र क्याप्सनले पिडाबाट थिग्रिने कोशिसमा रहेको संकेत गर्छन । भर्खरै शेयर गरेको पुरानो तस्विरमा उनले लेखेकी छन् ‘महिलामा पनि फरक निखार आउँछ, जब उसलाई सहि ट्रिट रा प्रेम गरिन्छ ।’ नेहाले हिमांशसँग केहि म्युजिक भिडियोमा अभिनय पनि गरेकी छन् । जब हिमांशसँगको प्रेमले मिडियामा स्थान पाउन लाग्यो, तब नेहाले ‘इण्डियन आइडल’को मंचबाटै हाँसी खुसि प्रेम स्वीकारेकी थिइन् । भिडियो हेर्नुहोस

तपाईंको प्रतिक्रिया दिनुस्