सुदूरपश्चिमका अधिकांश स्थानमा वर्षा : सचेत रहन विभागको आग्रह

label सुदूर खबर संवाददाता query_builder June, 12 2019

काठमाडौं, जेठ २९ । सुदूरपश्चिमका अधिकांश स्थानमा अहिले पानी परिरहेको छ। पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका धेरैजसो स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम क्षेत्रमा नयाँ मौसमी प्रणाली भित्रिएर हावा हुरी र मेघगर्जनसहित पानी पर्न सुरु गरेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ।

आज पूर्व र मध्यभेगमा पनि पानी पर्ने सम्भावना छ। मध्य र पूर्वका केही स्थानमा क्षणिक मौसम र भारी वर्षाको सम्भावना छ। यसले गर्दा स–साना खोला नाला र खहरेहरूमा पानीको वहाब बढ्न सक्ने भएकाले सर्तक रहन महाशाखाले भनेको छ।

बंगालको खाडीको जलवाष्पयुक्त वायुका कारण मौसम बदली भएको हो। काठमाडौं उपत्यकामा पनि साँझपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ।

काठमाडौ उपत्यकाको न्युनतम तापक्रम बिहान १९ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।