४० करोडमा प्रधानमन्त्रीको नयाँ निवास बन्दै

label सुदूर खबर संवाददाता query_builder June, 12 2019

काठमाडौं, जेठ २९ । प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ ।

एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ ।

सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ । चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ ।

भवनको आर्किटेक्चर डिजाइन आजु डिजाइन कम्पनीले गरेको छ भने स्ट्रक्चर डिजाइन क्राफ्ट डिजाइन कम्पनीले गरेको छ । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपाली परम्परागत शैलीमा भवन निर्माणको तयारी गरेको बताए ।

‘हालको प्रधानमन्त्रीनिवासमा भूकम्पले क्षति पुर्‍याएको तथा क्षेत्रफल पनि साँघुरो भएकाले गत पुसमै मन्त्रिपरिषद् बैठकले नयाँ निवास निर्माण गर्ने निर्णय गरेको थियो,’ मन्त्री राईले भने, ‘मन्त्रिपरिषद्को निर्णयअनुसार विभागले भवन निर्माणको तयारी गरेको छ ।’

प्रधानमन्त्रीनिवासका लागि दुईवटा भवन निर्माण गरिनेछ । एउटा भवन प्रधानमन्त्रीको निजी प्रयोजनका लागि र अर्को सार्वजनिक प्रयोजनका लागि निर्माण गर्न लागिएको हो ।

निजी भवन प्रधानमन्त्रीको व्यक्तिगत प्रयोजनका लागि हुनेछ भने ‘पब्लिक’ भवन राजनीतिक–कूटनीतिक संवाद तथा सर्वसाधारणसँग भेटघाटमा प्रयोग गरिनेछ । निवास दुई चरणमा निर्माण गरिनेछ । निजी भवन निर्माण सकेपछि मात्रै‘पब्लिक’ भवन निर्माण गरिनेछ । आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।