डडेल्धुरामा चट्याङ लागेर बालिकाको मृत्यु, तीन घाइते

label सुदूर खबर संवाददाता query_builder June, 12 2019

डडेल्धुरा, जेठ २९ । डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया संगीता भाट रहेकी छन्।

बुधबार बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पलाल ल्याउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।

बिहान ७ बजेतिर विद्यालय जानको लागि तयारी गरिरहेको बेला उनलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए। संगीता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन्।

प्रहरी निरिक्षक पाण्डेयका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्य तीनजना घाइते भएका छन्। घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट रहेका छन्। मीना मृतक संगीताकी दिदी हुन्। घाइते मध्ये भरतको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।