विश्वकप क्रिकेट : अष्ट्रेलियालाई पाकिस्तानको डर

label सुदूर खबर संवाददाता query_builder June, 12 2019

काठमाडौं, जेठ २८ । विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

द कपर एसोसिएट्स कउन्टी मैदानमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा अष्ट्रेलियाले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानविरुद्ध स्पष्ट जितको खोजीमा अष्ट्रेलिया रहेको छ । यता, पाकिस्तान पनि अष्ट्रेलियालाई पराजित गर्ने लक्ष्यमा छ ।

पहिलो खेलमा वेष्ट इन्डिजसँग ७ विकेटले पराजित भएको पाकिस्तानले दोस्रो खेलमा भने आयोजक इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको थियो । तर श्रीलंकाविरुद्धका खेल भने वर्षाको कारण रद्द भएपछि अंक बाँडेको थियो ।

इंग्ल्यान्डमाथि सनशनीपूर्ण जित निकालेको पाकिस्तान अष्ट्रेलियामाथि पनि त्यस्तै जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको अष्ट्रेलियाले दोस्रो खेलमा वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो । तर आफ्नो तेस्रो खेलमा भने भारतसँग पराजित भएको थियो ।

विश्वकपको सेमिफाइनल यात्रालाई बलियो बनाउनका लागि पनि आजको खेल दुबै टिमलाई जित्नै पर्ने दबाब छ ।

अष्ट्रेलिया टिम

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन काउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मिचेल मार्स र एडम जाम्पा।

पाकिस्तान टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।