कराँते च्याम्पीयनसीपमा डडेल्धुरा तेस्रो, जिल्लामा भव्य स्वागत

label सुदूर खबर संवाददाता query_builder June, 12 2019

अत्तरिया, जेठ २९ । काठमाडौँको लैनचौरमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय कराँते च्याम्पीयनसीपमा डडेल्धुराको टोलीले तेश्रो स्थान हात पार्दै गृह जिल्ला फर्किएको छ ।

नेपाल सोतोकन कराँते डो जोगबुडाबाट प्रशिक्षक ललित बिष्टको नेतृत्वमा विधान जोशी, गंगा बोहरा, तुसार ढाँट, र ललित बिष्ट खेलमा सहभागी भएका थिए । फाइनल खेलमा अफगानस्तानलाई पराजित गर्दै ललीत बिष्टले १ गोल्ड मेडल हात पारेका छन् ।

यस्तै विधान जोशीले भारतसंग प्रतिस्प्रर्धा गरेका थिए । उनले १ गोल्ड र एक सिल्भर पदक जितेका छन् । यस्तै फाइनलकै खेलमा पाकिस्तानसंग प्रतिस्प्रर्धा गर्दा गंगा बोहराले १ सिल्भर र सेमि फाइनलको खेलमा भूटानसंग प्रतिषपर्धा गर्दै तुसार ढाँटले एक काश्य पदक जितेका हुन् ।

मंगतबार जोगबुडामा यो टोलीको भव्य रुपमा स्वागत गरिएको छ । पन्तुरादेखि जोगबुडासम्म ¥यालीका साथमा बाजागाजासहीत बधाई तथा स्वागत गरिएको प्रशिक्षक ललित बिष्टले बताए ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।