विवाह गर्छु भनि एक बर्षसमम्म केटीलाई खेलाउने पक्राउ

label समाचार प्रकाशक query_builder June, 12 2019

दाङमा करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । विवाह गर्छु भनी पटक–पटक करणी गर्ने गरेको पीडितको जाहेरीका आधारमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी १८ बर्षीय जीवन भनिने रुपक भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ ।

गतबर्ष चैतदेखि दाङकी एक महिलालाई लगातर करणी गरेको आरोप लागेको छ । घोराही १० डोक्रेना चोक स्थित कोठा लिई बारम्बार ज्यान मार्ने र बेईज्जत गर्ने धम्की दिएर करणी गर्ने गरेको पीडित पक्षले आरोप लगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

उनलाई मुलुकी फौजदारी कार्यविध २०७४ को दफा १४ वमोजिम पाँचदिन म्यादथप गरि अनुसन्धान गर्न लागिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्