बाल विवाहका कारण बझाङमा महिलाको पाठेघर खस्ने समस्या बढ्दो क्रममा

label डीबी विष्ट query_builder June, 12 2019

बझाङ , जेठ- २९ ।
बुंगल नगरपालीकाका की विष्ना नेपालीलाई अहिले ४० बर्ष पुग्यो । उनको १४ बर्षको उमेरमा अभिभावकहरुले छिमीम कै हरि प्रसाद चनारा संग विवाह गरी दिनु भयो । १८ बर्ष नपुग्दै उनको कोख बाट छोरा जन्मीयो । त्यती बेला देखी नै उनको तल्लो पेट दुख्ने समस्या सुरु भयो । उनले आफ्ना श्रीमान संग उक्त कुरा भन्न सक्नु भएन बच्चा जन्माउदै जानु भयो । अहिले उनको साथमा ४ छोरा र ३ छोरी गरी जम्मा ७ जना छोरा छोरी छन् ।

आफुलाई यस्तो समस्या २२ बर्षको उमेर देखी नै भएको विष्ना बताउन्छीन् । आफुलाई २२ बर्षको उमेर देखी नै तल्लो पेट दुख्ने, कम्मर दुख्ने, सेतो पानी बग्ने, रिगाटा लाग्ने लगायतका लक्षणहरु देखा परेको उनले बताउनु भयो । यस्ता लक्षण देखा परे पनि उनले आफ्नो समस्या न श्रीमानलाई भनीन्, न आफन्तलाई बताईन्, न स्वास्थ्यकर्मीलाई नै बताउनु भयो । रोग बल्झीदै गयो ।

२०७४ साल चैत २१ गते जिल्ला अस्पतालले कफलसेरी स्वास्थ्य चौकीमा अवस्टेटीक फिस्टुला र पाठेघर खस्ने रोगीहरुको स्कृनिक शिवीर संचालन गर्यो । उक्त शिवीरमा विक पनी चेक अफ गरान पुग्नु भयो । उनको पाठेघर चार डीग्री पुगेको थियो । पाठेघरको अप्रेशन गर्नु पर्ने भएका कारण उनलाई रिफरका लागी उपक्षेत्रीय अस्पताल डडेल्धुरा पठाईयो । र उपचार गरेर घर फर्कीनु भयो ।

यस्तै बुंगल नगरपालीका ५ कै राधीका कुवरलाई अहिले ४१ बर्ष भयो । उनको विवाह १३ बर्षको उमेरमा भएको थियो । उनले १६ बर्षको उमेरमा नै पहीलो सन्तान छोरा पाउनु भयो । त्यसपछी २० बर्षको उमेरमा अर्को छोरी जन्मी त्यती बेला नै आफ्नो पाठे घरमा समस्या भएको उनले बताईन् । राधीकाले आफ्नो समस्या कसैलाई पनी बताउनु भएन । रोगले च्याप्दै गयो । अन्त्यमा स्वास्थ्य चौकी आएर चेकअप गर्दा पाठेघरको अप्रेशन गर्नु पर्ने सुझाब स्वास्थ्यकर्मीले दिए । उनले समेत सोही समयमा उप क्षेत्रीय अस्पताल डडेल्धुरामा नै सल्यक्रियाका लागी रिफर गरीयो । अहिले उनका २ छोरा २ छारी र श्रीमान र आफु गरी ६ जनाको परिवार छ । उप क्षेत्रीय अस्पतालमा उपचार गराए पछि अहिले उनि ढुक्क तरीकाले बस्नु भएको छ ।

यस्तै बुंगल कै धिर्जा जोशी अहिले ५९ बर्षको पुग्नु भयो । उनको पनी कलीलै १५ बर्षको उमेरमा नै विवाह भएको थियो । उनी बाट ३ छोरी र २ छोरा जन्मीए । ३५ बर्षको उमेरमा नै उनको पाठेघर खस्यो । लाजले गर्दा र समाजमा आफु अपहेलना हुने भन्दै यस्तो समस्या न श्रीमानलाई बताईनन् । न कसै स्वास्थ्यकर्मी तथा आफन्त कुनै पनी मान्छेलाई जानकारी दिनु भएन । पाठेघर खसेका कारण समस्या झन थपीदै गयो । समाजमा कसैले जानकारी सम्म पाए घाँणो आएको महीला (पाठेघर खसेका महीलालाई अपहेलना गर्ने तरीकाले बोलीने शब्द घाँणो हो ।) भन्दै गिज्याउने डरले आफुले कसैलाई पनी नबताएको उनले बताईन् । तल्लो पेट दुख्ने थुप्रै समस्या थिए स्वास्थ्य चौकीमा जान्थे उनले भनिन् स्वास्थ्य चौकीमा समेत स्वास्थ्यकर्मी पुरुष भएका कारण खुलेर भन्न सक्दैन थिए । अरु अरु समस्या भन्थे र घर फर्कीन्थे ।
उनका श्रीमानलाई यो समस्याका बारेमा जानकारी भए पनि उनले कुनै वास्ता नै गर्नु भएको थिएन । समस्या माथी समस्या थपीदै गयो । स्वास्थ्यमा विभिन्न समस्य आफुलाई देखा पर्न थालेको उनले बताईन् । नराम्रो संग काम गर्न सक्ने भए, दिन भरी काम गर्यो । राती सुत्दा खेरी समेत तल्लो पेट दुख्ने, सेतो पानी बगी रहने, कम्मर दुखी रहने लगायतका धेरै समस्याले आफुलाई सताउदा समेत कसैलाई न बताएको उनको भनाई छ । यस्तो समस्या आफुले जोशीले २४ बर्ष सम्म सहनु परेको बताईन । तर बुढेश काल लाग्यो स्वास्थ्यमा झन समस्या हुदै गयो ।

जिल्ला अस्पतालले यसै सम्बन्धी शिवीर संचालन गरेको ठाँउमा आएर स्वास्थ्य परिक्षण गराउदा उनको पाठेघरको अप्रेशन नै गर्नु पर्ने भए पछी डडेल्धरा रिफर गरेको कार्यक्रम फोकल पर्सन दिपक ऐडीले बताए । ऐडीका अनुसार खिरातडी स्वास्थ्य चौकी, दहबगर स्वास्थ्य चौकी र कफलसेरी स्वास्थ्य चौकीमा मा आफु शिविरमा जाँदा बाल विवाहका कारण महिलाहरुको पाठेघरमा समस्या धेरै देखीएको बताए । २०७५ साल चैत्र २५ गतेको शिविर बाट ९ जना महिलाहरुको पाठेघरको अप्रेशन गरेको र २३ जना महिलाहरुको रिङ् प्रेशरी राखीएको ऐडीले बताए ।

सानै उमेरमा विवाह गरेका कारण बझाङ जिल्लाका महिलाहरुको पाठेघर खस्ने समस्या बढ्दै गएको जिल्ला अस्पतालका कार्यलय प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए । यस सम्बन्धी एकीन तथ्याङ्क नभए पनि अहिले तथ्याङ्क लिने काम भई रहेको उनले बताए । महिलाहरुमा पाठेघर खस्नकाका कारण बझाङको हकमा सानै उमेरमा विवाह गरी गर्भवती हुनु, छिटो गर्भवती हुनु, सरसफाईमा ध्यान नदीनु, गर्भा अवस्थामा धेरै काम गर्नु , घरमै सुत्केरी हुनु, पोषीलो खाने कुरा खान नदिनु लगायतका कारण रहेका उहाँको भनाई छ । जिल्ला अस्पताल र जिल्लामा संचालीत सबै स्वास्थ्य संस्थाहरुको तथ्याङ्क हेर्दा ६० प्रतिशत भन्दा मढि महिलाहरुमा पाठेघरको समस्या भएको आफुले पाएको कार्यालय प्रमुख डाक्टर ओखेडाले बताए ।

सुत्केरी भएको समयमा महिलालाई बढी पोषीलो खाने कुरा दिनु पर्ने भए पनि बझाङमा देवि देउता रिसाउने भन्दै गाई भैसीको दुध दही, ध्यु, मह समेत खान नदीने प्रचलन लगायतका रुढीबादी परम्पराका कारण महिलाहरु कमजोर भएर पाठेघर खस्ने समस्या देखा परेको उनले बताए । केही समय अघि युएन एपिएले बझाङ जिल्लामा गरेको सर्बेक्षण अनुसार बझाङ जिल्लामा ४१ प्रतिशत भन्दा बढी बाल विवाह रहेको युएनएपिए बझाङका जिल्ला संयोजक धन बहादुर लम्सालले बताए ।

अपहेलीत हुने डरका कारण उपचार गर्न मान्दैन्

समाजमा आफु अपहेलीत हुने डरका कारण यहाँका महिलाहरुको पाठेघर खसेको भए पनि रोग लुकाएर बस्ने गरेको जिल्ला अस्पतालका कार्यलय प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए । परिवारका सदस्य र समाजले अपहेलना गर्ने भएका कारण यहाँका महिलाहरु यो रोगलाई लुकाएर बस्ने गरेको उनको बुझाई छ । जिल्ला अस्पतालले पाठेघर खसेका महिलाहरुको निशुल्क शल्यत्रिया गर्ने शिवीर संचालन गरे पनि सबै महिलाहरु उपचार गराउन नआउने गरेको उनले बताए । पाठेघर खसेको महिलाहरुको उपचार भने पछी शिवीरमा धेरै समस्या भएका केही महिलाहरु मात्रै सहभागी हुने गरेको पाईएको छ । शिवीरमा सबै महिलाहरु सहभागी नभएकोआफुले पाए पछी जिल्ला अस्पतालले अबका दिनहरुमा अरु जिल्ला अस्पताल बाट संचालन हुने सबै शिवीरहरु संचालन गर्दा पाठेघर खसेका महिलाहरुको समेत उपचार गर्ने तरीकाले शिवीर संचालन गरी त्यस्ता महिलाहरुकोे उपचार गर्ने योजना अस्पतालको रहेको ओखेडाको भनाई छ ।

आफ्नै गाँउमा आफुले देखेका ५ जना महिलाहरुको पाठेघर खसेको भए पनि उपचार गराउन नगएको बुंगल नगरपालीकाका उप प्रमुख मिना जाग्रीले बताईन् । बुंगल नगरापालीका भरी पाठेघर खसेका महिलाहरु ३५ं प्रतिशत भन्दा बढी छन् जाग्रीले भन्नु भयो । समाजमा अपहेलना हुने, घृणीत हुने र लाजका कारण उपचार गराउन नमान्ने गरेको उहाँको भनाई छ । जाग्रीले भन्नु भयो मैले ११ बर्ष महिला स्वास्थ्य स्वयम्् सेवीका भएर काम गर्दा यस्तो समस्या कती महिलामा छ सबै जानकारी छ । तर जती सुझाब दिदा समेत उपचार गराउन मान्नु हुन्न । यसका लागी अब नगरपालीकाले मसेत जनचेतना मुलक कार्यक्रमहरु अघी बढाएको र सम्बन्धित सरोकारवाला निकायले समेत जनचेतना फैलाउन जरुरी रहेको बताईन् ।

बाल विवाह कायमै छ

बाल विवाह अहिले पनि जिल्लामा कायमै रहेको छ । जिल्लामा रहेका १२ वटै स्थानीय तहहरुमा बाल विवाह कायमै रहेको स्थानीय समाज सेवि बताउन्छन् । केही बर्ष पहिला वालविवाह अभिभावकहरुले गरी दिने भए पनि अहिले भने आफ्नै मनोमानीले भागेर जाने प्रचलन रहेको नागरीक समाजका अगुवा धर्मजंग बादुर सिहँले बताए । हात हातमा मोबाईल रहेका छन् । सिहँले भने ७।८ कक्षा पढ्दा पढ्दै फेसबुक खोले त्यसैमा रमाए अनी भागेर विवाह गर्ने प्रचलन बढ्दै गएको उनको बुझाई छ ।

विभिन्न स्वास्थ्य चौकीहरुमा समेत १५ देखी २० बर्ष उमेर समुहका किशोरीहरुले बच्चा पाउने गरेको तथ्याङ्क छ । बुंगल नगरपालीका भरी झण्डै ४५ प्रतिशतका किशोरीहरुले उमेर नपुग्दै गर्भवती हुने गरेको स्वास्थ्यकर्मीहरुको भनाई छ । कक्षा ७।८ मा पढ्दै गर्दा विवाह गर्ने प्रचलन तिब्र रहेको यहाँका जनप्रतिनिधीहरुको भनाई छ । विवाह गरेको छैन होला भन्ने स साना किशोरीहरुको सिउदोमा समेत सिन्दुर देख्न सकिन्छ । स्वास्थ्य चौकीमा आएर स्वास्थ्य परिक्षण गर्दा औषधि दिदा औषधि खान मिल्छकी मिल्दैन म गर्भवती भएकी छु समेत भन्ने गरेको स्वास्थ्यकर्मीहरु बताउन्छन् । आफुहरुले कल्पना सम्म नगरेका किशोरीहरुले विवाह गरेको देख्न सकीन्छ । जसका कारणले नै बढी जस्तो महिलाहरुमा पाठेघर सम्बन्धि समस्या देखा पर्ने गरेको र महिलाहरुले पिडा सहनु परेको स्वास्थ्यकर्मीहरुको विष्लेषण छ ।

तपाईंको प्रतिक्रिया दिनुस्