साँझको समयमा हावाहुरी सहित बर्षा हुने संम्भावना ! यस्तो छ आगामी दिनको मौसम विवरण

label समाचार प्रकाशक query_builder June, 14 2019

३१ जेठ । शुक्रबार बिहान काठमाडौं उपत्यकाको मौसममा एक्कासी बदलाव आएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

देशको मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ भने पूर्वी भूभागमा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

पूर्वी भूभागका केही स्थानहरुमा र मध्य र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

आगामी तीन दिनका लागि महाशाखाले गरेको मौसम पूर्वानुमान यस्तो छ –

जेठ ३१ गते (शुक्रबार)

दिउँसोः देशकको मध्य तथा पश्चिमी पहाडी भु–भागमा आंसिक देखि सामान्य बदलि रहनेछ भने पुर्वी भु-भागमा सामान्य बदली र बाँकि भु-भागमा आंसिक बदलि हुनेछ। पुर्वी भु-भागका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

रातिः देशकको मध्य पहाडी भु–भागमा आंसिक देखि सामान्य बदलि रहनेछ भने पुर्वी भु–भागमा सामान्य बदली र बाँकि भु–भागमा आंसिक बदलि हुनेछ। पुर्वी भु–भागका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ ३२ गते (शनिबार)

दिउँसोः देशको पुर्वी भु(भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु–भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु–भागका केहि स्थानहरुमा र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

रातिः देशको पुर्वी भु–भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु–भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

असार १ गते (आइतबार)

दिउँसोः देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

रातिः देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

तपाईंको प्रतिक्रिया दिनुस्