ट्याक्सी दुर्घटनामा एक जनाको मृत्यु

label सुदूर खबर संवाददाता query_builder June, 15 2019

बागलुङ, जेठ ३२ । बागलुङ जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ध १ ज ५१३ नम्बरको ट्याक्सी गए राति १० बजे भेडिखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा गलकोट नगरपालिका–४ नुवाकोट निवासी मनबहादुर खत्रीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा आज विहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाइते हुनेमा नुवाकोट निवासी सवारी धनी तथा चालक हुमबहादुर कुँवर र आयुष कार्की रहनु भएको छ । घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले जानकारी दिए ।

रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडक देखि १५ मिटर तल खसेको थियो । दुर्घटना बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।