नेपालमा ‘सगरमाथा डाइलग’ आयोजना गरिन्छ: प्रधानमन्त्री ओली

label सुदूर खबर संवाददाता query_builder June, 15 2019

काठमाडौं, जेठ ३२ । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार फ्रान्सको प्रसिद्ध सहर शामोनी–मो–ब्लाँ पुगेका छन्। पर्वतारोहण गतिविधिका लागि प्रसिद्ध शामोनी–मो–ब्लाँ सहरमा आयोजित एक समारोहलाई उनले सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा प्रम ओलीले फ्रान्सेली नागरिक मोरिस हर्जोको प्रशंसा गरेका थिए । हर्जो शामोनी–मो–ब्लाँका पूर्वमेयर थिए ।

‘मोरिश हर्जो यो सहरका मेयर थिए। उनले अन्नपूर्णको सफलतापूर्वक आरोहण गरेर संसारलाई सन्देश दिएका थिए– ८ हजार मिटरभन्दा अग्ला पर्वत पनि चढ्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

शामोनीका वर्तमान मेयरले प्रधानमन्त्री ओलीलाई आइस एक्स उपहार प्रदान गरेको थिए। त्यसपछि ओलीले यही वर्ष नेपालमा ‘सगरमाथा डाइलग’ आयोजना गर्ने र पहिलो बैठक पर्यावरणीय मुद्दामा केन्द्रित रहने बताएका थिए।

उक्त कार्यक्रममा मिस नेपाल २०१८ र नेपाल र फ्रान्सेलीबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्ष उत्सवका सद्भावना दूत श्री शृँखला खतिवडाले नेपालको जीवन्त संस्कृति र मनोरम दृश्यको आनन्द लिन नेपाल घुम्न आउन फ्रान्सेली साथीहरूलाई निम्तो गरेकी थिइन्।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।