सांसदलाई ल्यापटपको प्रस्ताव सुनेर लज्जित छु : बाबुराम भट्टराई

label सुदूर खबर संवाददाता query_builder June, 15 2019

काठमाडौं, जेठ ३२ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले सांसदलाई ल्यापटप दिने प्रस्ताव सुनेर आफू लज्जित भएको बताएका छन् ।

उनले शनिबार ट्वीट गर्दै भनेका छन्, ‘फेरि सांसदलाई ल्यापटप भन्ने अर्को हास्यास्पद प्रस्ताव ल्याइएको सुन्नु पर्दा लज्जित छु । निजी उपभोगका साधन कसैलाई सार्वजनिक कोषबाट वितरण गर्नु नैतिक अपराध त हुँदै हो, सभ्य समाज र लोकतन्त्रमा कानुनी अपराध पनि हुनुपर्ने हो !’

उनले प्रश्न गरेका छन्, ‘के हामी लोकतन्त्रलाई बदनाम गर्ने र हत्या गर्ने दिशामा जाँदैछौं ?’ यसअघि सत्तारुढ दल नेकपाका नेता भीमबहादुर रावल र रामकुमारी झाँक्रीले पनि ल्यापटप वितरणको विरोध गरेका थिए ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदलाई एक–एक थान ल्यापटप दिनका लागि प्रक्रिया अघि बढाएको छ । सांसदहरुलाई ल्यापटप वितरण गर्नका लागि राज्यकोषबाट करिब साढे तीन करोड रुपैयाँ खर्च गरिँदैछ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।