दुई दिन सार्वजनिक बिदा

label सुदूर खबर संवाददाता query_builder June, 24 2019

भक्तपुर, असार ९ । सूर्यविनायक नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिने भएको छ। पाँचौं नगरसभाको तयारी र व्यवस्थापनका लागि नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरूमा असार ९ र १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाको पाँचौं नगरसभा असार ९ गते अर्थात सोमबार सुरु हुने र उक्त अवसरमा आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्नेकार्यक्रम रहेकाले बिदा दिने निर्णय गरेको नगरपालिकाकी उपमेयर जुना बस्नेतले बताइन्।

नगरपालिका, वडा कार्यालयमा काम नहुने र नगरका जनप्रतिनिधि तथा कर्मचारी कार्यक्रममै व्यस्त हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।