नेपालकै बज्रबाराहीमा गजुर किन नराखिइको होला ? मान्दिरमा किन घण्टी राखेका हुन्छन ?

label समाचार प्रकाशक query_builder June, 25 2019

हरेक धर्ममा आ—आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दु धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन् । अधिकांश हिन्दु मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौँदेखि चलिआएको धार्मिक संस्कार त हो नै, यसबाहेक वैज्ञानिक कारण पनि छ । जुन धेरैलाई थाहा नहुन सक्छ । दुई कारण तल प्रस्ट्याईएको छ ।

धार्मिक कारण – मन्दिर बाहिर, प्रवेशद्धार, भित्र वा वरिपरि जताततै घन्टी राखिएको हुन्छ । मन्दिर गएपछि घन्टी बजाउनुपर्छ भन्ने मान्यता छ । तसर्थ, जानीनजानी पनि मन्दिर प्रवेश गर्नुअघि दर्शानार्थीले घन्टी बजाउँछन् । घन्टी बजाउँदा पाप भाग्ने र शक्ति प्राप्त हुने आगमशास्त्रमा उल्लेख छ । घन्टीको आवाज देवीदेवतालाई सुमधुर लाग्छ भन्ने अर्को मान्यता पनि प्रचलित छ ।

वैज्ञानिक कारण – मन्दिर प्रवेश गरेसँगै घन्टी बजाउँदा मनलाई सफा र जागरुक बनाउँछ । साथै, ध्यानलाई पुर्ण रुपमा केन्द्रित गर्दै भक्तितिर आकर्षित गर्दछ । प्राय : घन्टी लामो र तिखो आवाज आउने गरी बनाइएका हुन्छन् जसको प्रतिध्वनी कम्तीमा सात सेकेन्सम्म सुनिन्छ । प्रतिध्वनिको समयावधिले हाम्रो शरीरका सातैवटा रोगनिवारक केन्द्रलाई सक्रिय बनाउँछ । जसले मस्तिष्कमा रहेका सबैखाले नकारात्मक विचार हटाउन मद्दत गर्छ भन्ने वैज्ञानिक मान्यता छ ।

यो पनि पढ्नुहोस्…
.
बज्रबाराहीमा गजुर किन छैन ?, हेर्नुस्–अचम्मको कथन – उपत्यकामा बाराही देवीस्थलहरु चारवटा छन् । चारतिर चार बाराही । उत्तरमा श्वेतबाराही, पूर्वमा निलबाराही, पश्चिमा धुमबाराही र दक्षिणमा बज्रबाराही । त्यही मध्येको बज्रबाराही, बाराह को स्त्रीलिङ्गी रुप हो । बज्रबाराही देवस्थल चापागाउँको पूर्वी क्षेत्रमा पर्दछ । यसको पूर्वतिर झरुवारासी, बडीखेल, दक्षिणतिर लेले, श्चिमतिर पागाल नख्खु खोला, छम्पी एवं उत्तरतिर ठेंचो छन् । देवीको वेदिका प्राङ्गणको माझमा निर्मित पश्चिमाभिमूखि मन्दिरको भुईमा बनाइएको छ ।

अहिले नयाँ तीन वटा मूर्तिहरु प्रस्थापित भइसकेका छन् । वेदिकानिरको सानो जलकुण्ड अहिलेसम्म कायम छ । वेदिकाको दायाँ बाँया काठमा कुँदिएका वा चित्रित देवीका केही मूर्तिहरु अझै प्रष्ट देखिन्छन् । बज्रबाराही उपवनको पश्चिमतिर बाटो छेउमा एक दुइटा सत्तल, धर्मशाला, (भजनकुटी) छन् । नजिकै बज्रबाराही माध्यमिक विद्यालय छ । यो उपवनको दक्षिण पश्चिमी छेउमा तत्कालीन श्री ५ को सरकारबाट सञ्चालित आयुर्वेद औषधालय समेत छ ।

सयौँ वर्षदेखि घना जंगलमा रहेकी ‘देवी’को मन्दिर स्थापना बारेको कथन – सयौँ वर्षदेखि घना वन भित्र विराजमान देवी प्रति श्रद्धा दर्शाएर पाटनका राजा श्रीनिवास मल्ल (ने.सं.७८१-८०५) ले मन्दिर निमार्ण गरिदिएको जनबोली छ । प्रचलित किंवदन्ती अनुसार राजा श्रीनिवास मल्लले एक रात सपनामा आफ्नो दरबार (पाटन मंगलबजार स्थित पुरानो राजदरबार) को मुलचोकमा अष्टमातृका देवीहरु आफ्ना गणहरु सहित नाचिरहेको देखे ।

यस्तो सपनाबारे उनले बज्रचार्य कुलपाद र राजोपाध्याय मधुसूदनसित सरल्लाह गरेको बताइन्छ । उनीहरुको सुझाव अनुसार राजाले अष्टमातृकाको नृत्य बर्षै पिच्छे नवरात्रि भर नचाउने व्यवस्था गरे । त्यही सपना पछि राजा श्रीनिवासले अष्टमातृका मन्दिर अर्थात् यो बज्रबाराही देवीको मूर्ति स्थापना, मन्दिर निर्माण गरेको र जात्रा चलाएको कथन छ।

मन्दिरमा गजुर किन छैन ?
स्थानीय सवित देशारका अनुसार यो मन्दिरमा वर्षको दुई पटक जात्रा हुन्छ । त्यो पनि तिथि अनुसार । अरु मन्दिर अगाडि साँडे राखिएको हुन्छ भने यो मन्दिरमा राँगा राखिएको छ । गाउँमा गाई वस्तु व्यायो भने पहिलो दुध मन्दिरमा चढाउनु पर्ने मान्यता अहिले पनि छ । मन्दिर वरीपरी ९ ओटा शव राख्ने ठाउँ छ । त्यो पनि एकले अर्को जातकोमा राख्न पाइँदैन । नियम सबैले पालना गर्छन् । आ–आफ्नो तोकिएको ठाउँ चिनेर मात्रै शव राखिन्छ ।

देशारका अनुसार यो मन्दिरमा प्राय नेवारी भोज हुन्छ । अर्को महत्वपूर्ण कुरा, यो मन्दिरमा गजुर छैन । गजुरको बारेमा उनी यसो भन्छन्, ‘एक जना ठेंचोमी (ठेंचो निवासी) भक्त आशानारायण महर्जनले यो मन्दिरमा गजुर चढाउने विचार गर्दा सपनामा मन्दिर चुलिदै चुलिदै आकाशतिर, अनन्ततिर पुगिरहेको देखे । र, उनले मन्दिरमा गजुर राख्ने विचार पूर्णरुपमा अत्य गरिदिए ।’

बज्रबाराही देवीको मन्दिरमा गजुर नभएकै कारणले यो ठाउँमा मानापाथी भर्दा वा माना पाथीको हिसाब गर्दा झुसी भर्न नहुने परम्परा कायमै छ । अहिलेको मुलुकी देवानी संहितामा पनि ठूली पाथी र सानी पाथीबारे उल्लेख छ ।बज्रबाराही बाहेक काठमाडौंमा रहेको मरुगणेश (अशोक विनायक)को मन्दिरमा पनि गजुर राख्न नहुने मान्यता छ ।

तपाईंको प्रतिक्रिया दिनुस्