नगरपालिकाको तेस्रो नगरसभामा अबरोध आएपछी यसरी आक्रोशित भए मेयर साउँद

label समाचार प्रकाशक query_builder June, 25 2019

अत्तरिया -सुदूरपश्चिम प्रदेश, कैलालीजिल्लाको गोदावरी नगरपालिकाको तेस्रो नगर सभाको उदघाटन सत्रमा अबरोधको प्रयास गरिएपछि नगरपालिकाका मेयर हरि सिंह साउँद आक्रोसित बनेका छन् । नगरसभामा आफुलाई स्पेश नदिएको भन्दै अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष असोकराज देबकोटाले मन्चमा नै बिरोध जनाएपछि बाहिरीएका थिए । तर उनको नेत्रित्वमा रहेको समुहले कार्यक्रम अबरोध गर्ने गरी माईकको तार काटेपछि आक्रोसित मेयरले भने – अब उधोग बाणिज्य संघलाई कसले पाल्छ , के अर्को उधोग बाणिज्य संघ खोल्नु पर्ने हो ? उनको भनाई यतीमा मात्रै रोकिएन उनले अगाडी भने – राजनितिक आग्रह पूर्बाग्रह नगरौ, यो थालो राजनीति गर्ने होइन ,हामीले पनि राजनिती गर्नु पर्ने हो , गुण्डागर्दी सहय हुँदैन । मेयर साउंदले भने – राजनिती गर्न तपाईंहरु उता उभिनु भएको छ ,हामी यता उभिएका छौं । तपाईंहरु बोल्न नदिने भन्ने थिएन बिचैमा किन पार्टीगत रुपमा उधोग बाणिज्य संघ उभियो ।

तपाईंको प्रतिक्रिया दिनुस्