माओवादी अध्यक्ष कमरेड (नेपाल)ले लेखे (बिप्लब)लाई खुल्ला पत्र}के लेखिएको छ। त्यस्तो पत्रमा हर्नुहोस।

label समाचार प्रकाशक query_builder July, 03 2019

कमरेड नेत्र बिक्रम चन्द( बिप्लब)दाजु क्रान्तिकारी अभिबादन

कमरेड:

हामी नेपाली जनतालाई विगत लामो समयदेखि शासक वर्गले शोषण गरी गरिरहेका हामी सबैलाई सर्वविदितै छ। सामन्ती शासनबाट मुक्ति पाउन जनताको गाँस बास कपासको ग्यारेण्टी गर्न भनी २०५२सालमा कमरेड प्रचण्डको नेतृत्वमा हतियार उठायौं त्यतिखेर म सानै थिएँ म जति नै बढ्दै गए माओवादी आन्दोलन जनयुद्ध तीव्र गतिमा अगाडि बढिरहेको थियो गाउँगाउँमा आफ्नै किसिमको रौनक्ता थियो।मानिशहरुमा नयाँ जीवनको अनुभूति थियो शासक वर्गबाट हेपिएका जनताहरु हर्षोउल्लासका साथ जनयुद्ध प्रति लगाव का साथ लागिरहेका थिए तर पछि कमरेड बाबुराम प्रचण्डले शान्तिसम्झौता गरे र ६२-६३को जनआन्दोलन भयो र देश अर्कौ गतिमा चल्यो यो कुरा सबैलाई प्रष्ट छ कमरेड तपाई लामो समयसम्म पार्टीभित्र संघर्ष गर्दै जानु भयो त्यो पनि मलाई राम्रोसँग थाहा छ प्रचण्डको नेतृत्वले माओवादी आन्दोलन शखाब बनायो माओवादीलाई डलरसँग बेचेर खाएको भन्दै तपाई कमरेड किरणको नेतृत्वमा पार्टी पुनर्गठन गर्न सक्रियताका साथ लाग्नु भयो हामी साथमै छौं कमरेड किरणको नेतृत्वमा पनि पार्टी केही समय टिक्यो तर त्यहाँबाट पनि देश र जनताको भविष्य नदेखेपछि दाई तपाईले पार्टीलाई फेरि पुनर्गठन गर्न अगाडि आउनु भो तेस्मा पनि हामी खुसी नै थियौं। हामी साचिकै देश र जनताको भविष्यको निम्ति परिवर्तन गर्छौ भन्ने उद्देश्यकासाथ तपाईंसँग आयौ दाङको तुल्सीपुरमा सम्मेलन पश्च्यात हामी निरन्तर पार्टी निर्माण अभियानमा लागि रहयौ केही समय पछाडि देशमा भूकम्प गयो हामी पार्टीको निर्देशन अनुरुप काठमाडौँ काभ्रे धादिङ नुवाकोट सिन्धुपाल्चोक लगायत ठाउँहरुमा भोकै तिसै जनताको सेवामा तत्पर भयौ त्यतिखेर पार्टीको केन्द्रीय टोली सामना सांस्कृतिक परिवारका साथीहरुसँगै कमरेड माइला लामाको नेतृत्वमा सामना परिवारले करिब १६५ घरहरु हामीले बनाए पछि तपाईको हातबाट थानकोटको पार्कमा सम्मान ग्रहण गर्यो हामी फेरि पनि अभियानहरुमा क्रियाशील रह्यो पार्टी लाई अगाडि बढाउन रातदिन नाच्दै गाउँदै नाटकहरु देखाउँदै जनताको ध्यान आकषिर्त गराउँदै पार्टी संगठन निर्माणमा निरन्तर लाग्यौ।(धेरै कुरा खुलाउन आवश्यक ठानेन) कि धेरै कुरा तपाईंलाई पनि थाहै होला र बीचमा पार्टीका धेरै कामहरु भए अभियानहरु भए र पार्टी केन्द्रीय समितिले पार्टीको महाधिवेशन गर्ने निर्णय आयो र हामी फेरि महाधिवेशन को तयारीमा केन्द्रित भयौ काठमाडौंको खुल्लामञ्चमा महाधिवेशन गरी हामी बन्दसत्रको लागि रोल्पाको थवाङमा पुग्यौँ हामी बसमा थियौ भने तपाईहरु प्रकाण्ड दाइको गाडीमा हिँड्नु भयो थवाङमा पुग्दा हर्षउल्लास थियो हामी खुशी नै थियो (दाजुले लाजिम्पाट प्रशिक्षण दिँदा केही कुरा त्यहाँ पनि गरेको थिएँ)थवाङमा पार्टीले निर्माण गरेको नयाँ हल हजारौं प्रतिनिधि सांस्कृतिक कलाकारले बन्दसत्र मनमोह बनेको थियो र थवाङको बन्दसत्रमा नै नेपालमा माओवादीको अन्त्येष्टि गरियो। यसमा म खुसी थिएन र मेरो आपत्ति थियो हामीले १० वर्ष जनयुद्ध गरेर माओबादी नाम जनताको मनमस्तिष्कमा बसेको प्रेमलाई चटक्क चुडाउनु भयो हलमा केही कमरेडहरुले विरोध पनि गर्नुभयो तर पार्टीको नाम परिवर्तन भयो थवाङमा मैले वैज्ञानिक समाजवादी क्रान्तिको बारेमा पार्टीको नाम परिवर्तनको बारेमा तपाईंलाई पत्र कोरेको थिएँ तर त्यो पत्र हजुरलाई उपलब्ध गराउन दिइएन मैले पहिलेदेखि नै वैज्ञानिक समाजवादी व्यवस्था क्रान्ति बारेमा वकालत गरिरहेको थिएँ तर धेरैलाई मन परेन थवाङबाट काठमाडौ फर्किए पछि यी बिचारले मेरो हृदय पोलेको थियो।र लाजिम्पाटको क्याम बाट म बाहिर निस्किएर बसपार्कको कुनै होटलमा बसिरहेको थिएँ म निसकेपछि क्याम बाट र पार्टी बाट अन्य थुप्रै कमरेडहरू पनि निस्किनु भएछ। र मेरै व्यवहारबाट अरु गए भनेर मेरो खोजी कार्य भयो र मध्यराति १२बजे करिब ४०-५०जना कमरेडहरुले गिरफ्तार शैलीमा उठाएर लाजिम्पाट पुर्याउनु भयो मैले माइला लामा दाजुसँग भेट्छु कुरा गर्छु मैले के गरेको छु र मलाई यसो गरियो भन्दा उल्टो मलाई भौतिक कारबाही गरियो म आफैँ संघर्षरत भएर बनाएको क्याम्प मै मैले पकाएर खाना खुवाएका कमरेडहरुले मलाई नै कार्वाही गर्नु भयो तर मेरो कमजोरी थिएन म सँग भएका मेरा सर्टिफिकेट अन्य प्रमाण पत्रहरु मोबाइल जफत गरियो पहिले देखि नै पार्टी भित्र वैज्ञानिक समाजवादका कुनै कुरै थिएन मैले यो कुरा विभिन्न अभियानहरुमा गरेको थिएँ कि नेपालमा बैज्ञानिक समाजबादी ब्यबस्था ल्यानु पर्छ। मलाई कारवाही गरेका कमरेडहरुले पछि रत्नपार्कमा भेटेर माफी माग्नुभयो र केही समय पछाडि पार्टी छोड्नु भयो मैले त्यतिखेर सोधेको थिएँ मलाई किन कारबाही गरियो र उहाहरुको जवाफ माथिको निर्देशन थियो तर तपाईले उठाएको कुरा ठिक छ।भन्नुभयो म सँग नाम जोडिएका कमरेडहरु त अझै पनि तपाईंहरू सँगै हुनुहुन्छ त्यसपछि मैले निर्णय लिए की मान्छे सानो भएर केहि गर्दैन बिचार महान हुनुपर्छ भनेर अन्त्येष्टि गरेको पार्टीलाई जिबित गरेको हु तर मैले जुन विचार लिएको थिए वैज्ञानिक समाजवादी क्रान्ति भनेर त्यो त अक्टोबर क्रान्तिको १००अौँ बार्षिउत्सबका दिन खुल्ला मञ्चमा ठुलै अक्षरमा लेखेको देख्दा मलाई अचम्म लाग्यो कि मलाई सामान्य मानेर हेपिएको रहेछ यदि त्यही हुनुपर्ने थियो भने मलाई कारवाही किन गरियो होला? (यस भित्रका धेरै कुरा मैले खुलाउन चाहेको छैन) तपाइँहरु निरन्तर बढ्नुभयो मैले पनि संघर्ष गर्दै पार्टीलाई विभिन्न पार्टीसँग एकता गर्दै अगाडि बढाएर अहिलेसम्म नेकपा माओवादीको अस्तित्व राखेको छु हाम्रा विभिन्न कार्यक्रमहरुमा दुवैतर्फ संघर्ष भएका छन् हामीले तपाईहरु लाई सम्मानै गरेका छौं अप्ठ्यारोमा बोलेकै छौं तर कमरेड तपाईंहरूले हामीलाई दुष्मनको ब्यबहार गरे जस्तो महसुस भएको छ। एउटा क्रान्तिकारी शक्तिले अर्को क्रान्तिकारी शक्तिलाई सहयोग गर्नुपर्नेमा उल्टो सत्तामा बस्ने दलालहरु जस्तो व्यवहार को अनुभूति भएको छ। हामी कमजोर भएर यो कुरा गरेको होइन के गर्ने के नगर्न त्यो सबै तपाईं बाटै सिकेका छौ तर बाटो बिराउने छैनौ सानो ठूलो हुन्छ भने ठुलो सानो पनि हुन सक्छ।जे सिकाउनु भयो त्यहि पालना गरेका छौ।हामीले गरेका कार्यक्रम होइन भन्ने उल्टो व्याख्या गरिदिने के हो उचित हो त कमरेड त्यसैले अहिले सैद्धान्तिक राजनीतिक विचारहरु नमिलेकै कारण हामी अलग-अलग छौं कमरेड तपाईं हरु हाम्रो गुरु हुनुहुन्छ हामी सम्मान गर्छौं एक न एक दिन नमिलि सुखै छैन जबकि अहिले हामी धेरै भिन्नता मा रहेका छैनौं देश र जनताले परिवर्तन खोजेका छन् क्रान्ति चाहेका छन् गुलामबाट मुक्ति हुन चाहेका छन् एक अर्कालाई दोषारोपण भन्दा पनि एक भएर अगाडि बढ्नु उत्तम हुनेछ कमरेड धेरै कुरा खुलाएको छैन नितान्तै भावनात्मक बर्गिय नाता सम्बन्धका आधारमा छोटकरीमा हृदयका कुरा लेखेको छु धेरै विषयमा बोल्नु थियो तर अहिलेलाई त्यतिमात्रै सम्प्रेषण गरेको छु।धन्यवाद

लाल शलाम

कमरेड नेपाल

तपाईंको प्रतिक्रिया दिनुस्