सुन किन्न भनि बजार जाने तयारीमा हो भने यस्तो छ आजको सुन चादीको विवरण

label समाचार प्रकाशक query_builder July, 05 2019

काठमाडौँ, २० असार । नेपाली बजारमा साताको छैटौं दिन आज शुक्रबार सुनको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार दुई दिन अघिदेखि प्रतितोला ६५ हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ६४ हजार ७ सय रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा ७ सय ३० रुपैयामा कायम रहेको चाँदीको मुल्य आज पनि सोहि मुल्यमा किनबेच भैरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्