बेलायती राजदूतसँग कुनै व्यवहार नगरिने : राष्ट्रपति ट्रम्प

label सुदूर खबर संवाददाता query_builder July, 09 2019

काठमाडौं, असार २४ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वासिङ्टनस्थित वेलायती राजदूत सर किम डोरोचसँग आफूहरुले व्यवहार नगर्ने बताएका छन् । बेलायती राजदूत किमले ट्रम्प प्रशासनको आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले अब उहाँमाथि आफूले कुनै व्यवहार नगर्ने बताएका हुन ।

आफ्ना केही इमेल लिक भएपछि राजदूत किमले अमेरिकी ट्रम्प प्रशासनलाई अकुशल र अयोग्य भन्दै आलोचना गरेका थिए । बेलायती राजदूतको भनाइलाई लिएर आक्रोसित बनेका ट्रम्पले ट्वीट गर्दै बेलायती प्रधानमन्त्री टेरिजा मेको पनि आलोचना गरेका छन् ।

उनले बेलायतले नयाँ प्रधानमन्त्री पाउने कुरा ‘सुखद समाचार’ भएको टिप्पणीसमेत गरेका छन् । बेलायती प्रधानमन्त्री मे ले राजदूत किममाथि पूरै भरोसा रहेको प्रतिक्रिया दिएका थिए ।

यसैबीच बेलायती प्रधानमन्त्रीका प्रवक्ताले ईमेल लिक प्रकरणलाई अस्वीकार्य भएको बताएका छन् । उनले यस बारेमा प्रधानमन्त्री कार्यालयले ह्वाइट हाउससँग सम्पर्क गरेको जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले लिक भएका ईमेलबारे आफ्नो प्रतिक्रिया यसअघि नै दिइसकेका छन् । उनले आफू बेलायती राजदूत किमको ठूलो प्रसंशक नरहेको र उनले बेलायतको राम्रो सेवा नगरेको बताएका थिए ।

उनले राजदूत किमप्रति अमेरिकामा कोही पनि खुसी नभएको बताएका थिए । तर बेलायती प्रधानमन्त्री मे ले भने राजदूत किमको बचाउ गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेलायती प्रधानमन्त्रीको आलोचना गरेका हुन । राजदूतलाई समर्थन गरेकोमा मेप्रति आक्रोस पोख्दै ट्रम्पले ब्रेक्जिट मामिलामा भद्रगोल निम्त्याइएको बताएका छन् ।

  • एजेन्सी
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।