एसईई पास भएसँगै बिद्यार्थी सहपाठी देखि फिल्मसहकर्मी लाई दिए पार्टी

label समाचार प्रकाशक query_builder July, 09 2019

काठमाडौं, २४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बि प्लस जिपिए ल्याएकी अभिनेत्री करिष्मा मानन्धरले सोही खुसियालीमा भब्य पार्टीको आयोजना गरेकी छिन् ।

उनले शनिबार ज्ञानेश्वरको एटिक रेष्टुरेन्टमा सँगै पढेका स्कुले साथी भाई र स्कुलका गुरुहरु तथा फिल्मक्षेत्रका सहकर्मीलाई एसईई पास भएको उपलक्ष्यमा पार्टी दिएकी हुन् ।

करिश्माको सफलताको पार्टीमा चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, वितरक गोपालकाजी कायस्थ, कोरियोग्राफर, गोविन्द राई, अभिनेता भुवन केसी, रमेश उप्रेती, अभिनेत्री नम्रता श्रेष्ठ, शिल्पा पोखरेल, छुल्ठिम गुरुङ, कविता गुरुङ, पत्रकार विजयरत्न तुलाधर, निर्देशक दीपाश्री निरौला लगायत पुगेका थिए ।

एसईई पास भएपछि थुप्रै प्राइभेट कलेजमार्फत अध्ययनको प्रस्ताव आए पनि आफुले भने सरकारी कलेजमा पढ्ने तयारी गरेको बताउदै आएकी छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्