दुर्गा र चेतनको स्वरमा तीज गीत ‘नाचिन्छ मज्जाले’ सार्वजनिक (भिडियोसहित)

label सुदूर खबर संवाददाता query_builder July, 10 2019

अत्तरिया, असार २५ । गायक चेतन बोहरा र मोडल एवं गायिका दुर्गा भट्टको नयाँ तीज गीत ‘नाचिन्छ मज्जाले’ सार्वजनिक भएको छ ।

गायक बोहराको युट्युव च्यानलमार्फत मंगलबार नयाँ तीज सार्वजनिक भएको हो । गीतमा मोडल तथा गायिका भट्टको आफ्नै लय तथा शब्दमा रहेको छ ।

सार्वजनिक भएको म्यूजिक भिडियोमा चर्चित नृत्य निर्देशक शंकर बिसी र गायिका दुर्गा भट्टले अभिनय गरेको छ । म्यूजिक भिडियोको निर्देशन बिसीले नै गरेका हुन् ।

म्यूजिक भिडियालाई दुर्गा पौडेलले छायाकंन गरेका हुन् भने नविन धर्ती मगरले सम्पादन गरेका छन् । एरेन्ज तथा मिक्सिङ् सुकुराम रसाइलीले गरेका हुन् भने दृष्य निर्माण कृष्ण फिल्मस् एण्ड एड्भरटाइजिङले गरेको हो ।

हेर्नुस् भिडियो :

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।