आगलागीबाट ८० लाख बराबरको क्षति

label सुदूर खबर संवाददाता query_builder July, 11 2019

मोरङ, असार २६ । । मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा आज बिहान आगलागी हुँदा रु ८० लाख बराबरको क्षति भएको छ ।

बिहान २ बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सरसमान, लत्ताकपडा, भाँडावर्तन र सोही घरमा सञ्चालन गर्दै आएको उहाँको होलसेल किराना पसलसमेत जलेर नष्ट हुँदा सो क्षति भएको हो ।

बिहान ४ः३० बजे झापाको दमक र मोरङको सुन्दरहैचा नगरपालिकाको बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

  • रासस
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।