हतकडीसहित कैलालीबाट एक अभियुक्त फरार

label सुदूर खबर संवाददाता query_builder July, 11 2019

कैलाली, असार २६ । लागुऔषध ओसार पसारमा संलग्न भनिएका एक अभियुक्त हतकडी सहित फरार भएका छन । टिकापुरबाट म्याद थप गर्न सरकारी वकिल कार्यालयमा लगिएका विक्रम चौधरी सरकारी वकिल कार्यालयकै परिसरबाट फरार भएका हुन ।

हवलदार रामबहादुर कार्कीले चौधरीलाई म्याद थप गर्न धनगढी ल्याएका थिए । चौधरीलाई मंगलबार खक्रौला नाकाबाट एक ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले फरार अभियुक्तको खोजीकार्य तीब्र पारिएको जानकारी दिए ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।