बालुवाटारमा जन्मदिन मनाएपछि ओली–गौतम नजिकिँदै

label सुदूर खबर संवाददाता query_builder July, 20 2019

काठमाडौं, साउन ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमको सम्बन्ध नजिकिन थालेको छ। गत पुसमा सम्पन्न स्थायी समितिको बैठकमा गौतमले फरक मत राखेपछि बिग्रेको सम्बन्ध विस्तारै सुधार हुँदै आएको हो ।

गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए । ‘फागुन २८ गते गौतमको जन्मदिन रहेछ, त्यसदिन प्रधानमन्त्रीज्युले उहाँको जन्मदिन सँगै मनाउने इच्छा व्यक्त गर्नुभयो र मिठाइ बाँडेर जन्मदिन मनाइएको थियो,’बालुवाटार स्रोतले भन्यो ।

पार्टी एकताको प्रक्रिया समेत अन्तिम चरणमा पुगेका बेला सचिवालय सदस्य समेत रहेका गौतमसँग प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर संवाद गरिरहेका छन् ।

केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटलाई अघि बढाउँदा पनि ओलीले गौतमसँग छलफल गरेका थिए । सुटुक्कै बालुवाटार पुग्ने गरेका गौतमसँग ओलीले पूर्वएमालेको भागमा परेको विभागीय प्रमुखहरुको जिम्मेवारीबारे समेत छलफल गरेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।