युरोपियन च्याम्पियन लिभरपुल पराजित

label सुदूर खबर संवाददाता query_builder July, 20 2019

काठमाडौं, साउन ४ । युरोपियन च्याम्पियन्स लिग विजेता लिभरपुल सिजन पूर्वको मैत्रीपूर्ण खेलमा जर्मन क्लब बोरूसिया डर्टमण्डसँग ३-२ ले पराजित भएको छ। सिजन पूर्वको अभ्यास खेलमा लिभरपुलको यो पहिलो हार हो।

यसअघि लिभरपुलले ट्रनमेरेलाई ६-० तथा ब्राड्फोर्डलाई ३-१ ले हराएको थियो । डर्टमनण्डको भने सिजन अगाडि लगातार तेस्रो जित हो । डर्टमण्डले यसअघि स्वेनबर्गलाई १०-० तथा सेटल सन्डर्सलाई ३-१ ले हराएको थियो।

पाको एल्कासरको गोलमा डर्टमण्डले तेस्रो मिनेटमै अग्रता लिएको थियो। ३५औं मिनेटमा लिभरपुलका ह्यारी विल्सनले बराबरी गोल फर्काए। ५३औं मिनेटमा थोमस डिलानेको गोलबाट डर्टमण्डले पुन अग्रता लियो।

त्यसको ५ मिनेट बित्न नपाउदै जाकव ब्रन लार्सेनले डर्टमण्डले अग्रटा बढायो। लिभरपुलका रिहान ब्रेस्टरले खेल सकिन १५ मिनेट बाँकी रहँदा गोल फर्काए पनि टोलीलाई हारबाट टार्न सकेनन्। अब डर्टमन्डले अर्को मैत्रीपूर्ण खेलमा युडिनेससँग तथा लिभरपुलले सेभियासँग २२ जुलाईमा खेल्दैछ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।