नेपालकै पहिलो आयुर्वेद प्रतिष्ठानलाई सामाजिक विकास मन्त्री सुवेदी द्वारा अनुगमन

गोपाल जोशी/ अत्तरियाः  कैलालीको धनगढी उपमाहानगरपालिका वडा नम्बर १३ स्थित राजपुरमा निर्माणधिन अबस्थामा रहेको नेपालकै अहिले सम्मको पहिलो आयुर्वेद चिकित्सालयको मगलबारका दिन सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्रीले उक्त चिकित्सालय भवनको अनुगमन गर्न भएका छन।

 

करिव दुई विगाँह क्षेत्रफलमा बन्न लागिको सो चिकित्सालयको ५० बेड क्षमता रहेने छ।संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरुमा चिकित्सालय साउने भनि निर्माण थाले पनि हाल प्रदेश सरकारलाई हस्तान्तरण भई सके पश्चात प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले नेपालकै पहिलो आयुर्वेद प्रतिष्ठान बनाउने प्रस्ताब सहित प्रदेश सभामा विधेक दर्ता गरेकाछन्।

 

सो विधेक पास भएमा यस प्रदेशमा अथाहा संम्भावना रहेका जडिबुटी संकलन तथा प्रसोधन गरी निकट भविष्यमा आयुर्वेद औषधी उत्पादन गरी प्रदेशका जनताको स्वास्थ्य उपचारमा उल्लेखिनिय फाईदा हुनका साथै आयुर्वेद सम्बन्धी बिभिन्न औषधी उत्पादन गरे औषधी आयतमा खर्च हुने , राज्यको आयत गर्ने ढुकुटी समेत जोगीने र आफ्नै देशमा प्रसोधन गरेको आयुर्वेदकजन्य औषधीबाट उपचार गर्न सकिने सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीले बताएका छन।

 

आयुर्वेद प्रतिष्ठान चिकित्सालयमा योग तथा पंञ्चाकर्म हल ,हर्वल गार्डेन ,सभाहल रआफ्नै फार्मेसी रहने छ भने (MD/MS, M- Pharma . B-Pharma कविराज तथा diploma in yoga and Netara pathy) सम्बन्धी पढाई हुने एंव आयुर्वेद सम्बन्धी अध्यन अनुसन्धानका कार्यहरु पनि हुनुका साथै आयुर्वेद र योग सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा सम्मेलन गर्न सकिने मन्त्रालयका आयुर्वेद चिकित्सक डा. चेतराज जोशीले बताएका थिए। २०७७सालमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको भएता पनि यसै बर्ष सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने उद्देश्य रहेको निर्माणकम्पनीले जनाएका छन्।

Loading...