मोबाइलबाटै ५० प्रतिशत प्रयोग हुन्छ ‘इन्टरनेट’

label सुदूर खबर संवाददाता query_builder August, 04 2019

काठमाडौं, साउन १९ । नेपालमा इन्टरनेट प्रयोगकर्तामध्ये ५० प्रतिशतले मोबाइलबाटै चलाउने गरेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको पछिल्लो तथ्यांक अनुसार नेपालमा हाल ६४.४६ प्रतिशत नेपालीले विभिन्न माध्यमबाट इन्टरनेट (डाटा) प्रयोग गर्ने गरेका छन्।

यसमध्ये तारसहितको इन्टरनेट प्रयोगकर्ता १२.६९ प्रतिशत, ताररहित सेवा प्रयोगकर्ता १.१९ प्रतिशत छन्। यसमा सबैभन्दा ठूलो हिस्सा मोबाइल प्रयोगकर्ताको छ।

हाल नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या एक करोड ९० लाख २५ हजार पुगेको छ। प्राधिकरणले केन्द्रीय तथ्यांक हालको अनुमानित २ करोड ९५ लाख १४ हजारको जनसंख्यालाई आधार बनाएर इन्टरनेट प्रयोगकर्ताको संख्या निकालेको हो।

प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार हाल नेपालमा टेलिकम सेवाप्रदायक, तारसहितको, ताररहित र मोबाइल डाटाबाट इन्टरनेट प्रयोग हुँदै आएको छ।

तथ्यांकअनुसार नेपाल टेलिकमको एडीएसएल प्रयोगकर्ता १० लाख तीन हजार, विभिन्न सेवाप्रदायकको केबल इन्टरनेट तथा एफटीटीएच इन्टनरेट सेवा प्रयोगकर्ता २७ लाख ६ हजार छन्। ताररहित इन्टरनेट सेवा लिने उपभोक्ता ३ लाख ५२ हजार छन्। सबैभन्दा बढी डाटा प्रयोग गर्ने तथा इन्टरनेट प्रयोगकर्ता विभिन्न कम्पनीका मोबाइलबाटै हुने गरेको छ।

मोबाइलबाट प्रयोग हुनेमा थ्रीजी र फोजी तथा सीमकार्ड प्रयोग गरेर चलाइने ईभीडो प्रयोगकर्ताको संख्या उल्लेख गरिएको छ। प्राधिकरणको तथ्यांकअनुसार मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने नेपालीको संख्या एक करोड ४७ लाख पुगेको छ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।