लोक तथा दोहोरी गीत प्रतिष्ठान डोटीको अधिवेशन तयारी तीव्र

label झलक पाली query_builder August, 05 2019

डोटी, साउन २० । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान डोटीको जिल्ला अधिवेशनका लागि तयारी तीव्र पारिएको छ ।

यहि श्रावण २२ गते पद्यम पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय सिलगढीको प्राङ्गणमा आयोजना हुने अधिवेशनको तयारी अन्तिम चरणमा रहेको प्रतिष्ठानका सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य तथा डोटी जिल्ला अधिवेशन आयोजक समिति संयोजक अम्बिका राईले जानकारी दिइन् ।

उक्त कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरु र डोटेली कलाकारहरुको ठूलो जमघट भई बेजोड साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरु राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सदस्य एवं देशकै उत्कृष्ट म्यूजिक एरेञ्जर बिनोद बाजुराली, प्रतिष्ठानका केन्द्रीय सदस्य तथा गायिका राधिका हमाल, प्रतिष्ठानका सुदूरपश्चिम प्रदेश अध्यक्ष पदम धामी, प्रदेश महासचिव दीर्घ फुलारा, चर्चित कलाकार लाल बहादुर धामी ‘अछामी बड्डो’, सूर्यविरही साउँद, रेखा जोशी लगाएतका दर्जनौ चर्चित कलाकारहरु रहेका छन् ।

लामो समयदेखि प्रतिष्ठानको डोटी शाखा निष्क्रिय भएपछि डोटेली कलाकारिता क्षेत्रलाई संगठित रुपमा अगाडी बढाउन र नयाँ नेतृत्व सहित क्रियाशील बनाउन विशेष जिल्ला अधिवेशन आयोजना भईरहेको जनाइएको छ ।

प्रतिष्ठानले सुदूरपश्चिम लगाएत देशैभरीका विभिन्न कार्य समितिको नयाँ नेतृत्व चयन कार्यलाई तीव्रता दिएको छ । कलाकारहरुको साझा संगठनको रुपमा रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठानले कला सँस्कृति प्रचार–प्रचार, संरक्षण, संवद्र्धन र प्रवद्र्धनका कार्यहरु सँगै कलाकारहरुको हकहितमा काम गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्