पाकिस्तानका विदेश मन्त्रीपछि भारतका विदेश मन्त्री जयशंकर पुगे चीन

label सुदूर खबर संवाददाता query_builder August, 12 2019

काठमाडौं, साउन २७ । भारतका विदेश मन्त्री एस. जयशंकर चीनको राजधानी बेइजिङ्ग पुगेका छन् । भारतले संविधानमा रहेको धारा ३७० निष्प्रभावी घोषित गर्दै जम्मू–कश्मीरको स्वायत्तता खोसेपछि बढ्दो तनाव र यसले गर्दा थप बिग्रिएको पाकिस्तानसँगको सम्बन्धको परिवेशमा विदेश मन्त्री जयशंकरले चीन भ्रमण गरेका हुन् ।

उनको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनकी जम्मू–कश्मीरबाट छुट्याएर लद्दाखलाई केन्द्र शासित प्रदेश बनाउने निर्णयको विरोधमा छ चीन । जम्मू–कश्मीर मामिलामा चीन पाकिस्तानको साथमा देखिएको छ । यस्तोमा भारतीय विदेश मन्त्री जयशंकर चीनको समर्थन जुटाउनका लागि बेइजिङ्ग पुगेको बताइन्छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको आउँदो अक्टोबरमा हुने भारत भ्रमणको तयारीका लागि जयशंकर त्यता गएको बताइए पनि जम्मू–कश्मीरबारे पनि छलफल हुनेछ ।

गएको वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपतिबिच वुहानमा भेटवार्ता भएका थियो । त्यसयता दुई देशले सम्बन्ध सुधारको प्रयास गरिरहेका छन् । तर कश्मीर मुद्दाले सम्बन्धमा पुनः तनाव देखिने सम्भावना छ ।

भारतीय विदेश मन्त्री भन्दा पहिले पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरेशी अगस्ट ९ मा चीनको भ्रमणमा गएका थिए । उनले कश्मीर मुद्दामा चीनको समर्थन जुटाउने प्रयास गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।