गायिका रेखा जोशी भन्छिन् टंक बिनाको गायकी खल्लो हुन्छ ,गायनमा हाम्रो खास सम्बन्ध छ (भिडियो सहित)

label समाचार प्रकाशक query_builder August, 12 2019

व्यक्ति चर्चामा आउन बहुत समय लाग्छ चाहे त्यो शिक्षा क्षेत्र,चाहे खेलकुद क्षेत्र ,चाहे कलाकारिता क्षेत्र वा अन्य कुनै क्षेत्रमा ।तर पछिल्लो समय कलाकारिता क्षेत्रमा भने सुदुरपश्चिमकि चेली गायिका रेखा जोशी छोटो समयमै अत्यन्तै चर्चित बन्न पुगेकी छिन।२०७१ सालबाट कलाकारीतामा व्यवसायीक तवरले पाइला चालेकी रेखाले छ वर्षकै अवधिमा राम्रो स्थान बनाउन सफल भएकी हुन।उनको गायन क्षेत्रको पहिलो देउडा गित ‘ घुटुक्क बाडुली लाया,रातिमा सपनी आया’ अत्यन्तै चर्चित छ।त्यस्तै उनले थुप्रै एल्बममा ठाडिभाकामा पनि स्व्वर भरेकी छिन् ।पछिल्लो समयमाका अत्यन्तै चर्चित गायक टंक तिमिल्सिनासंगको ‘मैना’ एल्बम अन्तर्गत ‘ कर्णाली भेरीको पानी छल्छल छल्किदो’ गित त सर्वाधिक चर्चामा छ।यसपटक उनले ‘आँखा मारी मारी’ तिज गीतमा पनि स्वर भरेकी छिन।सुदुरपश्चिमका अधिकांश मेला महोत्सवमा उपस्थिति जनाउने रेखाले हालसालै ! समर्पण मिडिया धनगढी’ मा दिएको एउटा अन्तरवार्तामा आफ्नो र टंक तिमिल्सिनाको जोडि असाध्यै मिल्छ विहे गर्नुहोस् भनेर धेरै दर्शक श्रोताबाट माग आएपनी त्यसबारे अहिले नै आफुले सोचिनसेकेको जवाफ दिएकी छिन।उनले टंक र आफू साँगितिक दुनियाँमा सफल जोडिको रूपमा उदाउँदै गैरहेकाले टंकसंगको सहकार्य नतोड्ने योजना रहेको बताइन् ।

तपाईंको प्रतिक्रिया दिनुस्