‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीतमा काली प्रसाद देखीए र्‍यापरको भुमीकामा

label समाचार प्रकाशक query_builder August, 12 2019

काठमाडौँ , २७ साउन । चलचित्र निर्माण टिमले चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सार्वजनिक भएको छ ।

असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सोमबार सार्वजनिक भएको हो ।

यस गीतमा संगीतकार एवम गायक कालीप्रसाद बास्कोटाको स्वर रहेको छ ।

यस गीतको भिडियोमा गायक कालीप्रसाद बास्कोटा र अनुपम शर्मालाई र्यापरको भूमिका निभाएका छन् ।

गीतको भिडियोलाई बिजु कर्मचारीले निर्देशन गरेका छन। चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मा भने दयाहांग राई , उपासना सिंह ठकुरी , विजय बराल , कर्मा शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्-

तपाईंको प्रतिक्रिया दिनुस्