३०० एकदिवसिय क्रिकेट खेल्दै क्रिस गेलले ब्रेन लाराकै रेकर्ड तोडे

label समाचार प्रकाशक query_builder August, 12 2019

एजेन्सी, २७ साउन । ‘युनिभर्स बोस’ का नामले चर्चित वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले एकदिवसीय क्रिकेटमा नयाँ इतिहास रचेका छन् ।

आइतबार गेलले भारतविरुद्धको एकदिवसीय खेलमा नयाँ इतिहास रचेका हुन् ।

सन् १९९९ को सेप्टेम्बरमा भारतविरुद्ध नै एकदिवसीय क्रिकेटमा डेभ्यु गरेका गेलले भारतविरुद्ध नै आफ्नो तीन सयौं एकदिवसीय खेल खेलेका छन् ।

गेलले वेस्टइन्डिजका अर्का महान खेलाडी ब्रायन लाराको २९९ खेलको रेकर्ड तोड्दै गेलले वेस्टइन्डिजबाट धेरै खेल खेल्ने र तिन सय एकदिवसीय खेल खेल्ने पहिलो खेलाडी बनेका छन् ।

आफ्नो तीन सयौ खेलपछि गेलले यो निकै ठुलो उपलब्धि भएको बताउदै आफुले कहिल्लै पनि यँहासम्म पुग्ने बारे नसोचेको बताए । उनले इश्वरलाई धन्यवाद दिदै आफुले अहिले यसको मजा लिइरहेको बताए ।

गेलले लाराले एकदिवसीय क्रिकेटमा बनाएको १०४०५ रनको रेकर्डलाई समेत उछिन्दै गेलले १०४०८ रन बनाएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्