बैतडीको खोचलेक–रिम सडकले आधा दर्जन घर जोखिममा

label सुदूर खबर संवाददाता query_builder August, 13 2019

बैतडी, साउन २८ । बैतडीका विभिन्न क्षेत्रमा खनिएका ग्रामिण सडकले पहिरोको जोखिम बढाएको छ । बिनास्टमेट खनिएका सडकहरुले स्थानीयबासिन्दा बढी जोखिममा परेका छन् ।

बैतडी दोगडाकेदार गाउँपालिकाको दुर्गम वडा वडा नं १ रिममा खनिएको सडकले स्थानीय बासिन्दाका घरहरु जोखिममा परेका छन् ।
दोगडाकेदार गाउँपालिकाको खोचलेक–मल्लाढिक–सित्तड–रिम सडकले स्थानीय बासिन्दाका घर जोखिममा परेका छन् । १ करोड बढी रकम खर्चेर गत बर्ष निर्माण गरेको उक्त सडकले बर्षा सुरु भएसंगै पहिरोको जोखिम बढाएको छ ।

दोगडाकेदार गाउँपालिका वडा नं १ भुल्गाउका ६ घर पहिरोको जोखिममा परेको वडाअध्यक्ष ध्वज बहादुर कार्कीले जानकारी दिए । परमले भुल, मन्धिरे भुल,चिउचे भुल, गोविन्द भुल, पत्या भुल र फुत्ते भुलको घर पहिरोको जोखिममा परेका उनले बताए । घरमुनीवाट सडक खनिएकाले घरहरु पहिरोको जोखिखमा परेका हुन् ।

घर आँगनवाट भएको निर्माण सडकले घर पहिरोको जोखिममा परेकाले उनीहरु जोखिममै रहेका घरमा बस्न बाध्य भएका छन् । जोखिममा रहेको घरपरिवारका सदस्यहरु दिनमा घरबाहिर बस्ने भएपनि रातको समयमा पालैपालो गरेर सुत्ने गरेका छन् ।

पहिलोपटक सडक पुग्दाखुसी भएका त्यस क्षेत्रका नागरिक बर्षात सुरु भएसंगै पहिरो जान थालेपछी चिन्तीत बनेका छन् । उनीहरुले गाउँपालिकालाई सुरक्षित बासस्थानको लागी आग्रह समेत गरेका छन् । यस्तै दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित डाङ–कपडा सडकले पनि क्षती पुर्याएको छ ।

यता गाउँपालिका अध्यक्ष चक्र कार्कीले भने सडकले क्षती पुर्याएको भएपनि सडक मर्मतसम्भारको काम तत्काल हुन नसक्ने बताए । बर्षात सकिएपछी मात्रै मर्मतसम्भारको काम हुने बताउदै उनले सामान्य पहिरोको जोखिममा परेकाहरुका लागी गाउँपालिकावाट कुनै योजना नरहेको बताए ।

घरनै पहिरोेले क्षती पुर्र्याए अन्य कुनै ठुलो क्षति भए गाउँपालिकाले सुरक्षित बासस्थान तथा राहत दिनसक्ने अध्यक्ष कार्कीकोे भनाइ छ ।
खोचलेक–मल्लाढिक–सित्तड–रिम सडक दोगडाकेदार गाउँपालिका, प्रदेश सरकार तथा संघिय सरकारको १ करोड बढी लागतमा निर्माण गरिएको हो ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।