ढाका बुनाइ घरेलु उद्योगको अवलोकन

label सुदूर खबर संवाददाता query_builder August, 13 2019

अत्तरिया, साउन २८ । गोदावरी नगरपालिका–४ बुढीतोलामा रहेको ढाका बुनाइ घरेलु उद्योगको कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका नगर उपप्रमुख तुलसीदेवी हमाललगायत कार्यपालिका सदस्यहरुले अवलोकन गरेका छन् ।

तीन महिने ढाका बुनाइ तालिम गोदावरी नगरपालिकाले संञ्चालन गरेको थियो । तालिमले त्यस क्षेत्रका महिला दिदीबहिनीहरुका लागि आत्मनिर्भर गर्ने उद्देश्यले गोदावरी नगरपालिकाले २०७४÷७५ को बजेटबाट रकम विनियोजन गरेको थियो।

उक्त रकमबाट सुरुवात गरिएको सानो घरेलु उद्योग ढाका बुनाई कार्यक्रमले राम्रोसँग प्रभाकारी रुपमा बुढीतोला गाँउ सुधार समितिले स्थानीय महिलाहरुलाई तालिम दिई सानो घरेलु उद्योगको स्थापना गरिएको छ ।

घरेलु उद्योगले राम्रो प्रभाकारी काम गरेकोले २०७५/७६को बजेटबाट उक्त ढाका बुनाई उद्योगको भजन निर्माण पनि गरेको गोदावरी नगरपालिकाका उप प्रमुख रत्ना कडायतले बताइन् ।

उनले अगामी २०७६/७७को बजेटबाट पनि यसका लागि उचित बजेट जिनियोजन गरिएको र परम्परा शैलीका ढाका बुनाइबाट कुर्ता, सुरवाल, धोती, सल, गम्छा, नेपाली टोपी समेत उत्पादन हुने भएकाले यसलाई नमूना उद्योग रुपमा अगाडि बढाइने बताइन् ।

पछिलो समयमा आएर यस ढाका बुनाइ उद्योगले आन्तरिक तथा बाह्रय अवलोकन पर्यटकहरुलाई भित्र्याई रहेको र पश्चिम क्षेत्रको स्थानिय तहको लागि आक्रर्षणको केन्द्रबिन्दुमा पनि रहेको उनले जनाइन् ।

साथै शुक्लाफाटा नगरपालिकाले पनि २०७६/७७ को जिनियोजन बजेटबाट महिला उद्यमसिल कार्यक्रमहरु ल्याएकोले आगामी कार्यक्रमहरु कसरी उपलब्धी मुलक बनाउने भन्ने उद्देश्यले विभिन्न क्षेत्रहरुमा रहेका नमूना मुलक महिला उद्यमसिल क्षेत्रको अवलोकन भ्रमण गरी रहेको शुक्लाफाटा नगरपालिका उपप्रमुख हमालले बताइन् ।

‘यसै क्रममा आज हामी गोदावरी नगरपालिकाको बडा नम्बर ४ बुढीतोलामा संञ्चालन भई रहेको ढाका बुनाइ घरेलु उद्योगको अवलोकनका लागि आएका हौं।’ उनले भनिन्, ‘ढाका बुनाइ सम्बन्धमा के के रहेको छ त्यसको प्रत्यक्ष अवलोकन गरेर हाम्रो नगरपालिकामा लागु गर्न कतिको सम्भव छ भनेर यो अवलोकन भ्रमण गरेका हौं ।’

    

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।