नेवारी पहिरनमा किर्तिपुरमा तरकारी बेच्दै शिशिर भण्डारी ! कविता नेपालीसँग यस्तो म्युजिक भिडियो आउँदैछ (भिडियो हेर्नुस)

label shishir query_builder August, 13 2019

तपाईहरुको माया साथ सपोर्ट र आशिर्वादले बिभिन्न समाजिक कामहरु गरिरहंदा हिजोको दिनमा हामी एक म्युजिक भिडियोको छायांकनमा व्यस्त रह्यौं । किर्तिपुरमा खिचिएको मायालु बोलको नेवारी परिवेशको यो म्युजिक भिडियो चांडै नै युटुब मार्फत तपाई मांझ आउनेछ । गीतमा बुगिवुगी की बिजेता बहिनी कविता नेपालीले मोडेलको रुपमा साथ दिएकी छिन् । अष्ट्रेलियामा रहेका संजीव खरेलको गायन, संगीत र शव्द रचनामा तयार भएको मायालु बोलको यस गीतमा एक नेवारी युवती र त्यहि टोलमा तरकारी बेच्ने केटाको प्रेमलाई देखाईएको छ ।

प्रबिन भट्टको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई करण चौसिरले खिचेका हुन् । दर्शकबृन्द प्रबिन भट्ट गलबन्दी, बोल माया, र्याप व्याटल लगायत थुप्रै सुपरहिट गीतका सम्पादक र पछिल्लोचर्चित गीत कसरी कसरी का निर्देशक पनि हुन् । गीत छायांकनमा निकै रमाईलो भएको थियो । लगातार आईसक्रिम खाने दृश्यदेखि खर्पनमा तरकारी बेच्न हिड्दाको दृश्य खिच्दा रमाईलोको सिमा रहेन ।

तपाईंको प्रतिक्रिया दिनुस्
Avatar

shishir