बर्सेनी नेपाली जनताको काधमा ऋृणको भार थपिदै, प्रत्येक नेपालीलाई ३९,३१६ रुपैयाँ ऋण

label समाचार प्रकाशक query_builder August, 13 2019

नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ पुगेको छ ।

गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो ।

गत आव प्रत्येक नेपालीलाई ४ हजार ७ सय २४ रुपैयाँ ऋण थपिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा सरकारको ऋण १३.६५ प्रतिशतले बढेको छ ।

अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रिय तथ्याङ्क विभागले सन् २०११ को जनगणनालाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३९ हजार ३१६ रुपैयाँ हुन्छ ।

यो समाचार अन्नपूर्ण दैनिकमा पवन तिमिल्सिनाले लेखेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्