ट्रान्सफर्मर बिग्रिदा बैतडीको सिद्धपुरमा विद्युत् सेवा अवरुद्ध

label सुदूर खबर संवाददाता query_builder August, 17 2019

बैतडी, साउन ३२ । बैतडीको पाटन नगरपालिका वडा नं १० सिद्धपुरमा गएको १ हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा त्यहाँका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।

विद्युत् सेवा अवरुद्ध भएपछि पाटन नगरपालिका १० का हतास, बन्तड,बाँजा, मटे, टोलका १०० भन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य भएका स्थानीय तारादत्त पन्तले जानकारी दिए । साउन २५ गतेदेखि विद्युत् सेवा अवरुद्ध हुँदा मोवाईल चार्जसमेत गर्न नपाउँदा सञ्चारबिहीन हुन पुगेका छन् ।

यसका साथै विद्युतीय मिल बन्द हुँदा कुटानी पिसानीमा पनि समस्या भएको छ ।  अवरुद्ध भएको विद्युत् सेवा सुचारु गर्न अझै केही दिन लाग्ने नेपाल विद्युत् प्राधिकरण युनिट कार्यालय पाटनले जनाएको छ ।

ट्रान्सफर्मरमा समस्या आएका र ट्रान्सफर्मर बदल्नुपर्ने भएकोले प्राविधिक टोली बोलाउनुपर्ने भएकोले अझै २ दिन लाग्ने युनिट कार्यालय पाटनका इञ्चार्ज मिथ्लेस यादवले बताए ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।