लोप हुने खतरामा वादी समुदायको ‘भाडे संक्रान्ति’

label डीबी विष्ट query_builder August, 18 2019

बझाङ, भदौ १ । सुदूरपश्चिममा भदौ संक्रान्तिका दिन मनाइने ओल्के त्यारमा बझाङका विपन्न वादीहरु भाडे संक्रान्ति पर्व मनाउछन् । यो दिनमा वादी समुदायहरुको पर्व हेर्नुलाई नै यहाँ विशेष जात्रा मानिन्छ ।

परम्परागतदेखि चैनपुर र थलारा खोलीमा बस्दै आएका वादी समुदायहरुले भाडे संक्रान्ति पर्व मनाउँदै आएका भएपनि पछिल्लो समय यो पर्वको महत्वको अस्तित्व घट्दै गएको छ ।

वादी समुदायका पछिल्लो पिडिका युवाहरुले भाडे संकान्तिको पर्वमा गाइने गीत र गरिने अन्य विधि प्रकृया विर्सने र गर्न छोडेपछि यो पर्व अहिले लोप हुने अवस्थामा छ । दशैं–तिहारलगायत अन्य चाडपर्वभन्दा वादी समुदायको यो पर्वनै प्रमुख पर्वका रुपमा लिने गरिन्छ ।

आजको दिनमा वादीसमुदाय पनि घरआगन लिपतोत गर्ने मिठो मसिनो ल्याएर खानपिन गर्ने गर्दछन् भने आफनत र परिवार जनमा खुशीयाली आदन प्रदान गरि दुख शुख बाँड्ने गर्दछन् ।

आजको दिन थलाराका वादीहरु थलारी राजाको कोटखोलीमा र चैनपुरका वादीहरु पुरानो राजाको दरवार हाल जिल्ला प्रशासन कार्यालयको परिशरमा यो पर्व मनाउने गरेको चैनपुरका रमेश वादी बताए । दरवारमा गएर राजाहरुलाई मनोरञ्जन देखाउने पर्व भएपनि हाल थलाराकोटमा विद्यालय भएकाले विद्यालयका प्रअले वादीहरुको चाडलाई हेरेर आर्शिवाद दिने प्रचलन छ ।

यस्तै जिल्ला प्रशासनमा पनि प्रमुख जिल्ला अधिकारीलगायत अन्य कर्मचारीहरुले उनिहरुको पर्व हेरेर कार्यालयबाट दक्षिण दिने प्रचलन रहेको छ । महिला बालबालिकाहरु चिटिक्क परेका हुन्छन् भने पुरुषहरुले टाउकोमा गिठा, पातीका लहरा बाँधेका र केराको बोट र सिस्नाको घोडा बनाएर बजारमा रमाइलो गर्छन् ।

आजको दिन बादी समुदायहरुले रमाईलो गर्नका लागी भन्दै जथाभावि बोल्ने समेत गर्दछन् । आजको दिनमा उनिहरुले जे बोल्दा पनि कसैले केहि पनी गर्दैनन् । जथाभावि बोल्ने भएका कारण यसलाई भाडे संक्रान्ति भनिएको हो । परम्परागतदेखि भाडेसंक्रान्ती मनाउदै आएका वादी समुदायहरुले यस वर्षपनि आफ्नो लोक संस्कृतीलाई जोगाउने काम गरेका छन् ।

विभिन्न परम्परागत गित गाँउदै हास्यव्यड्गे रुपमा निष्केका वादीहरुले यसवर्ष पनि जिल्ला प्रशासनको प्राड्गडमा घोडाखेल देखाउँदै गीत गाँउदै, ओलक हालेर मनाउने प्रचलन छ ।

वादी समुदायका धर्मवादीले वादीहरुको भाडे संक्रन्ति पर्व आफूहरुका लागि दशैं–तिहारभन्दा महत्वपुर्ण भएको बताए । उनले भाडे संक्रान्तिमा नौलो कपडा हाल्ने मिटा खानेकुरा खाने र खास्यखेल देखाउने रहेको जानकारी दिए ।

जात्रा मनाउँदा उनिहरुले जिल्ला सरकारी कार्यालय र साहु महार्जनहरु लाई ओलक हालेर भद्रोको महिनाबाट गाँउगाँउमा खाद्यन्न माग्न जाने प्रचलन रहेको छ । तर चैनपुरकी राधा वादीले वादीहरुको लोक संकृति जगाउन वादीहरुले पनि लाग्नु पर्ने र सरकारी तहवाट पनि सहयोग हुनु पर्ने बताइन् । थलारा र चैनपुर गरि ४० परिवार जती बसोवास गरेका भूमिहीन विपन्न वादीहरु सामाजिक आर्थिक, शैक्षिकरुपमा निकै पछाडि रहेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्