शीतल निवासमा राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

label सुदूर खबर संवाददाता query_builder August, 25 2019

काठमाडौँ, भदौ ८ ।  राष्ट्रपति विद्यादेवि भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आइतबार बिहान राष्ट्रपति निवास शीतल निवासमा दुई जनाबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेको अवस्थामा राष्ट्रपति भण्डारीले प्रचण्डलाई भेटका लागि बोलाएकी हुन् ।

प्रचण्डले शुक्रवार आफ्नो निवास खुमलटारमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका थिए । पार्टीको कार्यकारी अधिकार पाएलगत्तै प्रचण्ड सक्रिय बनेका हुन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।