ट्वीटरका संस्थापक तथा प्रमुख कार्यकारीकै एकाउण्ट ह्याक भएपछि…!

label सुदूर खबर संवाददाता query_builder August, 31 2019

काठमाडौं, भदौ १४ । ट्वीटरका संस्थापक एवं प्रमुख कार्यकारी ज्याक डोर्सीको ट्वीट एकाउण्ट ह्याक भएको छ। चक्लिङ्ग स्क्वाडका रुपमा आफूलाई परिचित गराएको ह्याकरको समूहले डोर्सीको एकाउन्ट ह्याक गरेको हो।

ह्याकरले उनको ट्वीटरमा अत्यन्तै आपत्तिजनक र रंगभेदी ट्वीट गरेका थिए। ती ट्वीट १५ मिनेटसम्म रहेका थिए । उनका चालिस लाखभन्दा बढी फलोअर्स रहेका छन्।

ट्वीटरले पछि सो एकाउन्टमा आफ्नो नियन्त्रण कायम भएको र ह्याकरबाट छुटाउन सफल भएको बतायो । ट्वीटरले ट्वीट गरेको छ, ‘अहिले एकाउन्ट सुरक्षित छ, र ट्वीटरले कुनै पनि सुरक्षात्मक प्रणालीमा सम्झौता गर्ने छैन ।’

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।