बलिउडमा हङ्गामा मच्चाउदै आएको प्रभास अभिनित ‘साहो’ले कति कमायो चौथो दिन?

label समाचार प्रकाशक query_builder September, 03 2019

ठूलो बजेटमा निर्माण भएको फिल्म ‘साहो’ को यतिबेला नेपालमा पनि उत्तिकै चर्चा र चासो छ । ३ सय ५० करोड भारुमा बनेको यो फिल्मलाई दर्शकले खासै रुचाएनन् । तर, फिल्मले हिन्दी भर्सनमा धमाकेदार कमाइ गरेको छ । भलै यो फिल्म बल्कबस्टर फिल्मजस्तो छैन ।

फिल्मले पहिलो दिन २४ करोड ४० लाख भारु कमाइ गरेको थियो । यस्तै दोस्रो दिन २५ करोड २० लाख कमाइ कमाइ गरेको थियो ।

आइतबार भारतमा हुने विदाको पनि फिल्मले फाइदा लियो । फिल्मले आइतबार २९ करोड ४८ लाख भारु कमायो ।

विकेन्डपछि फिल्मले आइतबार अर्थात् चौथो दिन पनि दमदार व्यापार गरेको छ । फिल्मले सोमबार १४ करोड २० लाख भारु हिन्दी भर्सनमा मात्र कमाइ गरेको छ । फिल्मले चार दिनमा हिन्दीमा मात्र ९३ करोड २८ लाख भारु कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् ।

प्रभाससँगै श्रद्धा कपूर, निल नितिन मुकेश, ज्याकी श्राफ, चंकी पाण्डे लगायतका कलाकारको अभिनय रहेको फिल्म एक्सनले भरिपूर्ण छ । फिल्मको विश्वव्यापी कमाइ भने ३ सय ३० करोड भारू छ ।

तपाईंको प्रतिक्रिया दिनुस्